-रमेश विश्वकर्मा
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका-५ र ६ का महिलाहरूलाई जिविकोपार्जनका लागि उद्यमी बनाउनका लागि ब्याग बनाउने र तरकारी खेती सम्बन्धि तालिम दिइएको छ ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा रेसुङ्गा नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत १५ दिने लेडिज ब्याग बनाउने र सात दिने तरकारी खेती सम्बन्धि तालिम दिइएको हो ।
‘उत्पादन गरौं आत्मनिर्भर बनौं, समृद्ध रेसुङ्गा हामी मिली बनाऔं’ भन्ने मुल नाराका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत महिलाहरूलाई आत्मनिर्भर मात्र नभएर उद्यमशीलता र स्वरोजगार बनाउन यो तालिम दिइएको हो ।
तालिम समापनमा रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले तालिमबाट सिकेका कुराहरु भरपुर रुपमा प्रयोगमा ल्याउन आग्रह गर्नुभयो । उहाँले सबै आत्मनिर्भर, उद्यमी र स्वरोजगार भएमा सजिलै समुन्नत रेसुङ्गा निर्माण हुने बताउनुभयो ।
आ।व। ०७९/८० को नीति तथा कार्यक्रममा नगरपालिकाले मेयरसंग स्वरोजगार कार्यक्रम समावेश गरेको बताउनुभयो । साहसका साथ तपाईंहरू निरन्तर काम गर्नुस् नगरप्रमुख पन्थीले भन्नुभयो, ‘हजुरहरुले निर्माण गर्नुभएको सामग्रीहरूको बजारीकरणको लागि रेसुङ्गा नगरपालिकाले जिम्मा लिनेछ ।’
परम्परागत ढंगबाट नभएर आधुनिक ढंगले तपाईंहरू निरन्तर आफ्नो पेशा व्यवसायमा लाग्नुस, कुनै केही समस्या आएमा नगरपालिकालाई भन्न समेत आग्रह गर्नुभयो । नगरपालिका सधै जनताको साथमा छ उहाँले भन्नुभयो ।
घरेलुु तथा साना उद्योग कार्यालय गुल्मीका कार्यालय प्रमुख लक्ष्मण घिमिरेले छिट्टै समुह दर्ता गरेर काम गर्न आग्रह गर्नुभयो । सिकेको सीपलाई भरपुर व्यवहारमा लागू गर्नेगरी व्यवसायिक रुपमा लाग्न उहाँले आग्रह गर्नुभयो । त्यस्तै, वडा अध्यक्ष दुर्गाप्रसाद खनालले तालिमबाट सिकेको सिपलाई निरन्तर प्रयोग गर्नुपर्ने बताउनुभयो ।
‘अहिले दिनमा चार प्रकारका ब्यागहरू बनाउन सक्छौ । हामीलाई तत्काल मेसिन र कच्चापदार्थको आवश्यकता छ,’ तालिम सहभागी महिलाहरूले भन्नुभयो, ‘यत्तिकै छोडियो भने बिर्सन सक्छौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच