काठमाडौं । रेडिअन्ट पब्लिक र आयोजक द एक्सेल्सियर स्कुलले १०औँ एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा जित हात पारेका छन् । रेडिअन्टले ज्ञानोदय बालवाटिकालाई ३०-१० ले पराजित गर्यो । रेडिअन्टको जितमा दिव्यान्शा कार्कीले १९ अंक योगदान गर्नुभयो । डोमा छिरिङ गुरुङको पाँच अंक सहयोगमा एक्सेल्सियरले द चाँदवागलाई ११-९ ले हरायो । गल्र्समै स्वर्णिमले ल्याण्डमार्क एकेडेमीलाई १४-३ ले पाखा लगायो । स्वर्णिमकी नसाना श्रेष्ठले पाँच स्कोर गर्नुभयो ।
सिनियर ब्वाइजमा रेडिअन्टले ग्रिनफिल्डलाई ५६-३२, स्वर्णिमले निसर्ग वाटिकालाई १६-१५ र पुष्पसदनले ज्ञानोदय बालवाटिकालाई ३१-१० ले पन्छायो । रेडिअन्टका लमिक योञ्जनले १९, स्वर्णिमका रौनक मानन्धरले पाँच र पुष्पसदनका मनिष गुरुङले ११ अंक जोड्नुभयो ।
ब्वाइज फुटसलको यू-१२ मा राई स्कुलले ल्याण्डमार्कलाई २-०, बृहस्पति विद्या सदनले ल्याण्डमार्कलाई २-० र राई स्कुललाई १-०, न्यु जेनिथले जोन डेवीलाई १-० तथा रेडिअन्ट पब्लिकले एक्सेल्सियर ‘निलो’ लाई १-० गोलले पराजित गर्यो ।
इू-१३ मा न्यु एराले ल्याण्डमार्कलाई ३-०, स्वस्तिश्री गुरुकुलले राई स्कुललाई २-१, बोधीसत्वले ल्याण्डमार्कलाई १-०, बृहस्पतिले जोन डेवीलाई २-०, सेक्रेड हार्टले स्वस्तिश्रीलाई २-१ र रेडिअन्ड पब्लिकले सेक्रेड हार्टलाई ३-२ गोलले हरायो । फेरिल्याण्ड र बृहस्पतिले २-२ तथा न्यु एरा र निर्भाना एकेडेमीले १-१ गोलको बराबरी खेले । यू-१६ मा ग्रिनफिल्डले सेक्रेड हार्टमाथि ३-२ को जित दर्ता गर्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच