काठमाडौं । नेपाली जनसम्पर्क समिति, अमेरिकाले नेपाली कांग्रेसको आसन्न महासमितिमा सहभागी हुने ६ जना महासमिति सदस्य निर्वाचन प्रक्रियाबाट निर्वाचित गरेको छ । समितिका सभापति आनन्द विष्ट पदेन महासमिति सदस्यसहित महाधिवेशन प्रतिनिधिहरूमध्येबाट गौतम दाहाल, धनञ्जयनरसिंह केसी, मुनिन्द्र नेम्वाङ, विद्यासागर योञ्जन र भरत अर्याल महासमिति सदस्य निर्वाचित हुनुभएको हो ।
निर्वाचनमा पाँचजना सदस्य चयन गर्नका लागि ६ जना आकांक्षीहरूका बीच प्रतिस्पर्धा भएको थियो । जसअनुसार समितिका पूर्वसंयोजकसमेत रहनुभएका विष्णु सुवेदी भने महासमिति सदस्य निर्वाचनमा पराजित हुनुभएको छ ।
समितिका तर्फबाट कांग्रेसको १४औँ महाधिवेशनमा १४ जना प्रतिनिधिले प्रतिनिधित्व गरेका थिए । तिनै १४ जना महाधिवेशन प्रतिनिधिमध्येबाट कांग्रेसको विधानअनुसार ६ जना महासमिति सदस्य चयन गरिएको समितिका निर्वाचन प्रमुख डा. विनोद शाहले जानकारी दिनुभएको छ । ‘हामीलाई सुम्पिएको जिम्मेवारीअनुसार समितिका सभापति पदेन सदस्य रहने वैधानिक व्यवस्थाअनुसार बाँकी पाँचजना महासमिति सदस्य निर्वाचन प्रक्रियाबाट निर्वाचित हुनुभएको छ,’ डाक्टर शाहले भन्नुभयो ।
१४ जना महाधिवेशन प्रतिनिधिमध्ये कृष्ण लामिछानेको निधन र अर्का सदस्य विश्व बास्तोलाले प्राविधिक कारण देखाई सहभागी हुन नसक्ने जनाएपछि १२ जना सदस्यबीच मतदान भएको थियो । त्यसमध्ये पनि एकजनाले मतदानमा भाग नलिएको निर्वाचन समितिले जनाएको छ ।
बाँकी ११ जना प्रतिनिधि निर्वाचन प्रक्रियामा सहभागी भएका थिए । जसमध्ये दाहाल, केसी र नेम्वाङले शतप्रतिशत ११ मत प्राप्त गरी विजयी हुनुभयो । यसैगरी योञ्जनले १० मत र अर्यालले नौ मत प्राप्त गरी विजयी हुनुभयो भने पूर्वसंयोजक सुवेदीले तीन मतमात्र प्राप्त गर्नुभएको थियो । निर्वाचित महासमिति सदस्यहरूले फागुनको दोस्रो साता नेपालमा हुन लागिरहेको नेपाली कांग्रेसको महासमिति बैठकमा अमेरिकाको जनसम्पर्क समितिका तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच