शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेको कोहलपुरमा माघ २७ गतेदेखि राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा आगामी माघ २७ गतेदेखि राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको हो । जिल्लामै पहिलोपटक माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सुशील कोइराला मेमोरियल अन्डर १९ महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको हो । सिंगो बाँके जिल्लामा क्रिकेटको विकासका लागि प्रतियोगिता सञ्चालन हुने आयोजक कोहलपुर नगरपालिकाले जनाएको छ । प्रतियोगिता कोहलपुरस्थित क्रिकेट खेल मैदानमा सञ्चालन हुने कोहलपुर नगरस्तरीय खेलकुद समितिका अध्यक्ष बुद्धिबहादुर थापाले बताउनुभयो । उहाँकाअनुसार प्रतियोगितामा पाँच वटा टिम सहभागी हुनेछन् । कोहलपुर नगरपालिकाको मेयर-११ सहित चार वटा प्रदेशका टिमबीच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा कोहलपुर मेयर-११, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा बेष्ट प्लेयर अफ द सिरिज, बेष्ट ब्याटर, बेष्ट बलर, राइजिङ प्लेयर र प्लेयर अफ द फाइनल उपाधिसमेत प्रदान गरिनेछ ।
कोहलपुर क्षेत्रको खेलकुद क्षेत्रको विकासमा सहयोग पुग्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताउनुभयो । उहाँकाअनुसार प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण सरोकारवाला एकजुट हुनुपर्ने बताउनु भएको छ । कोहलपुरको खेल क्षेत्रको विकासका लागि महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिता महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ । प्रतियोगिताले महिला क्रिकेट खेलाडीहरूको आत्मबलसमेत बृद्धि गर्ने विश्वास लिएको आचार्यले बताउनुभयो । प्रतियोगितालाई राष्ट्रिय स्तरकै प्रतियोगिताका रुपमा विकास गरिने आचार्यले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच