पुराना ३५९ थान मुद्दाहरु आगामी असार मसान्तसम्म फर्छ्यौट गरिसक्छौँ : विशेष अदालत

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडाैं । विशेष अदालतले बाँकी रहेका पुराना ३५९ थान मुद्दाहरु आगामी असार मसान्तसम्म फर्छ्यौट गरिसक्ने लक्ष्य राखेको छ ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विशेष अदालतले सो लक्ष्य राखेको हो । पत्रकार सम्मेलनमा बोल्दै विशेष अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीले बाँकी रहेका ३५९ पुराना मुदद असार मसान्तसम्म सकिसक्ने कार्ययोजनाअनुसार काम गरिरहेको बताउनु भयो । उहाँले अदालतले साउनदेखि आगामी असारसम्म दर्ता हुने नयाँ मुद्दाहरु पनि असारमसान्तसम्म ५० प्रतिशत फर्छ्यौट गरिसक्ने कार्ययोजना रहेको बताउनु भयो ।

उहाँले गत साउनदेखि मंसिर मसान्तसम्म ७५ थान मुद्दा नयाँ दर्ता भएको बताउनु भयो । उहाँले अघिल्लो आर्थिक वर्ष अर्थात असार मसान्तसम्म बाँकी रहेका मुद्दा ३५९ थान रहेको बताउनु भयो । उहाँले जम्मा लगत भनेको अहिले विशेष अदालतमा ४३४ थान मुद्दा रहेको पनि बताउनु भयो । उहाँले जसमध्ये १२३ थान (२८.३४प्रतिशत) फर्छ्यौट भएको बताउनु भयो ।

उहाँले बाँकी मध्ये पनि विशेष अदालतमा २ वर्ष नाघेका मुद्दा ७२ थान रहेकोमा अहिले थान सकिएर ७० थान रहेको बताउनु भयो । विशेष अदालतमा रहेका मुद्दामध्ये गैरकानूनी सम्पती आर्जनका ३३, निर्णयगत (अनियमितता) का २६८, नक्कली प्रमाणपत्र १८, घुस रिसवत मुद्दा ८६ थान, सम्पती शुद्धिकरणका मुद्दा २९ रहेको बताउनु भयो । साउनदेखि मंसिरसम्मको ५ महिनामा १२५ थान मुद्दा फर्छ्यौट लक्ष्य राखेकोमा त्यसमा ११६ थान मुद्दा फर्छ्यौट भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीसँग अघिल्लो आर्थिक वर्ष अर्थात असार मसान्तसम्म बाँकी रहेका मुद्दा ३५९ थान थिए । साउनदेखि मंसिर मसान्तसम्म ७५ थान मुद्दा नयाँ दर्ता भएका छन् । जम्मा लगत भनेको अहिले हामीसँग ४३४ थान मुद्दा रहेका छन् । यसमा १२३ थान फर्छ्यौट भएको छ । टोटल लगतको २८.३४ प्रतिशत फर्छ्यौट भएर हामीसँग ३११ थान मुद्दा बाँकी छ । बाँकी मध्ये पनि हामीसँग २ वर्ष नाघेका मुद्दा ७२ थान देखिन्छ । अहिले २ थान सकिएर ७० थान २ वर्ष नाघेका मुद्दा बाँकी छ । हामीसँग गैरकानूनी सम्पती आर्जनका ३३, निर्णयगत (अनियमितता) का २६८, नक्कली प्रमाणपत्र १८, घुस रिसवत मुद्दा ८६ थान, सम्पती शुद्धिकरणका मुद्दा २९ रहेका छन् । साउनदेखि मंसिरसम्मको ५ महिनामा १२५ थान मुद्दा फर्छ्यौट लक्ष्य राखेकोमा त्यसमा ११६ थान मुद्दा फर्छ्यौट भएको छ । नयाँ तर्फ ५ महिनामा ११ थान फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरेकोमा २ थान फर्छ्यौट भएको छ । टोटलमा हेर्दा १३६ थान मुद्दा फर्छ्यौट गर्ने लक्ष्य निर्धाराण गरेकोमा ११८ थान फर्छ्यौट भएर ८६.७६ प्रतिशत फर्छ्यौट भएको छ । पुराना मुद्दा ३५९ जुन छन्, ति मुद्दा असार मसान्तसम्म सबै मुद्दा फर्छ्यौट गर्ने कार्ययोजनाले तोकेको छ । हामी अहिले साउनदेखि असारसम्म जति मुद्दा दर्ता हुन्छन्, त्यसको ५० प्रतिशत मुद्दा फर्छ्यौट गर्ने कार्ययोजना बनाएका छौँ ।’

नयाँ तर्फ ५ महिनामा ११ थान फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरेकोमा २ थान फर्छ्यौट भएको बताउनु भयो । १३६ थान मुद्दा फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरेकोमा ११८ थान फर्छ्यौट भएर (८६.७६ प्रतिशत) फर्छ्यौट भएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवरले विशेष अदालतमा पनि चाँडै नै मुद्दाहरुको अनलाइन दर्ता शुरु गर्ने बताउनु भयो । उहाँले उहाँले सेवाग्राहीको खर्च, समय, श्रोतमा कमी ल्याउनको लागि भर्चुअल हेयरिङ शुरु गर्ने योजना अघि सारिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘७७ जिल्लाबाट वकपत्र गर्नको लागि आफ्नो स्टेटमेण्ट दिनको लागि अदालतसम्म आउनुपर्ने खर्च, समय, श्रोतमा कमी ल्याउनको लागि हामीले भर्चुअल हेयरिङ शुरु गर्ने प्लान गरेका छौँ । छिटै हामी स्टार्ट गर्नेछौँ । त्यो भइसकेपछि सेवाग्राहीले प्रत्येक जिल्लाबाट हाफ्नो लयर राखेर मुद्दाको सुनुवाई गर्न सक्नुहुनेछ ।’

उहाँले अनलाइन दर्ता शुरु भइसकेपछि सेवाग्राहीले प्रत्येक जिल्लाबाट हाफ्नो वकीलबाट मुद्दाको सुनुवाई गर्न सकिने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?