काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे 'पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ'ले बिहीबार दिउँसो 'मेडिकल सर्टिफिकेट' जारी गरेको छ।
श्रेष्ठलाई 'एक्युट मायोकार्डियल इन्फेक्शन' भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा 'ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको अस्पतालले जनाएको छ। उहाँकाे मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण 'स्टेनोसिस' देखिएको र त्यसलाई कम गर्न तुरुन्तै 'स्टेन्ट' राखिएको समेत अस्पतालले जनाएको छ।
श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा रहनुभएकाे र उहाँ स्थिर अत्यावश्यक संकेतहरूका साथ पूर्ण रूपमा सचेत रहनुभएकाे पनि अस्पतालले जनाएको छ।
'तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)'मा सहभागी हुन चीनको बेइजिङ पुग्नुभएकाे उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार राति १ बजे हृदयघात भएको थियो।
चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उहाँको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएकाे छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच