
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०/१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न गरेको छ । त्रिशुली र मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणाली सुदृढ बनाउन मातातीर्थ २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनको क्षमता ३२० एमभिए छ । काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठूलो सबस्टेसन हब बनेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मरलगायतका सम्पूर्ण उपकरणको सफलतापूर्वक परीक्षण गरिएको बताउनुभयो ।
त्रिशुली र मस्र्याङ्दी नदी जलाधार क्षेत्रका आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणाली सुदृढ बनाउन मातातीर्थ २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो ।
उहाँले भन्नुभयो, ‘मातातीर्थ सबस्टेसनलाई २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याउन २२० केभीका त्रिशुली ३ ‘बी’ हब या मार्कीचोक सबस्टेसन बन्नुपर्नेछ, मार्कीचोक सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ, त्रिशुली ३ ‘बी’ हब आगामी चैत दोस्रो साताभित्र चार्ज गर्ने गरी काम भइरहेको छ, उक्त सबस्टेसन सञ्चालनपछि मातातीर्थ सबस्टेसन २२० केभीमा चार्ज गरिनेछ । उपत्यकामा विद्युत् आपूर्तिका लागि २२० केभीको पूर्वाधार तयार भएको छ, उक्त सबस्टेसनबाट विद्युत् आपूर्ति हुन थालेपछि उपत्यकाको विद्युत् आपूर्ति थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुनेछ, देशको एकीकृत विद्युत् प्रणालीसमेत सुदृढ बन्नेछ ।’
मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन तनहुँको आँबुखैरनीस्थित मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मस्र्याङ्दी-काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइसकेको छ । उक्त प्रसारण लाइन २०७९ को असारबाट १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको हो । आयोजनाअन्तर्गत नै मार्कीचोकमा २२०/१३२ केभी सबस्टेसन निर्माणाधीन छ ।
त्रिशुली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन त्रिशुली-काठमाडौं २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी १३२ केभीमा सञ्चालनमा ल्याइएको छ । मस्र्याङ्दी-काठमाडौं र त्रिशुली-काठमाडौं प्रसारण लाइनलाई वाणभञ्ज्याङमा एकआपसमा आबद्ध गरी मल्टिसर्किट लाइनमार्फत् मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ ।
प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानले मस्र्याङ्दी र त्रिशुलीबाट काठमाडौं उपत्यकामा भित्रिएको विद्युत्लाई मातातीर्थ सबस्टेसनबाट १३२ केभीमार्फत् स्युचाटार, चोभारलगायतका क्षेत्र र स्थानीयरूपमा आपूर्ति हुने बताउनुभयो । उहाँले मातातीर्थबाट विद्युत्लाई १३२ केभी प्रसारण लाइनमार्फत् हेटौंडातर्फ समेत प्रवाह गर्न सकिने बताउनुभयो ।
प्राधिकरणले चोभारमा १३२ केभीको सबस्टेसन निर्माण गरिरहेको छ । मातातीर्थबाट चोभारसम्मको १३२ केभी निर्माण भइसकेको छ भने चोभारबाट ललितपुरको पाटनसम्म १३२ केभी भूमिगत प्रसारण लाइन र पाटनमा १३२ केभी सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको प्रधानले उल्लेख गर्नुभयो ।
मस्र्याङ्दी-काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत मातातीर्थ र मार्कीचोक सबस्टेसन निर्माण ठेक्का पाएको ठेकेदारको कार्यसम्पादन सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का तोडी बाँकी काम गर्न २०७७ पुसमा नयाँ ठेक्का लगाएको थियो । सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा आयोजना सुरु गरिएको हो । दुर्ईवटा सबस्टेसनको अनुमानित लागत करिब दुर्ई अर्ब रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच