काठमाडौं । ड्राइभिङ नेसनल डेभलपमेन्ट भन्ने नाराका साथ दक्षिण कोरियामा आयोजित एक कार्यशालामा दक्षिण कोरियासँग नेपालमा मनोरेल स्थापनाका लागि सम्झौता भएको छ । नेपाल मनोरेल केएमई ट्राभल प्रालिकी निर्देशक संगीता कुँवर र दक्षिण कोरियाको डेलिम मनोरेलका प्रमुख कार्यकारी अधिकृत सेओङ बु-सियोपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाललगायत अन्य देशमा मनोरेलका लागि सामान उत्पादन, बजार व्यवस्थापन र मर्मतसम्बन्धी कार्य गर्ने उल्लेख छ ।
राजधानी सिउलमा सम्पन्न एक ‘स्पोर्ट्स ग्लोबल टुरिजम २०२४’ गोष्ठीमा नेपाल-दक्षिण कोरियाबीच मनोरेलसहित सातवटा सम्झौता भएका हुन् । गोष्ठी कोरियास्थित नेपाली राजदूतावास, ग्लोबल एनआरएन फाउण्डेसन, हान्याङ विश्वविद्यालय र एमआइटी फाउण्डेसनको संयुक्त आयोजनामा भएको हो । कार्यक्रममा नेपालको खेलकुद क्षेत्रको प्रवद्र्धन र विकासको सहकारी ढाँचा स्थापना र पारस्परिक सम्बन्ध विस्तारका लागि दक्षिण कोरियाको कलेज अफ आर्ट्स एण्ड फिजिकल एजुकेसनबीच पनि सम्झौता भएको छ । उक्त सम्झौतामा कलेज अफ आर्ट्स एण्ड फिजिकल एजुकेसनका डिन सेङनो ली र राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले हस्ताक्षर गर्नुभएको छ ।
त्यस्तै, सामाजिक कल्याण, संस्कृति आदानप्रदान र पर्यटन प्रवद्र्धन तथा विकासका लागि कोरियाको दुगेदर कोरिया लभ एण्ड होप स्वयंसेवी समूह र ग्लोबल एनआरएनए फाउण्डेसनबीच पनि सम्झौता भएको छ । सम्झौतामा ग्लोबल एनआरएनए फाउण्डेसनका अध्यक्ष विनोद कुँवर र दुगेदर कोरिया लभ एण्ड होप स्वयंसेवी समूहतर्फबाट प्रोफेसर योङसु किम र लभ एण्ड भोलन्टियर कोरका उपाध्यक्ष प्रा. किम यङ सुले हस्ताक्षर गर्नुभएको छ ।
त्यसैगरी शैक्षिक आदानप्रदान प्रवद्र्धन, फ्याकल्टी कार्यक्रममा सहकार्य र शैक्षिक अनुसन्धान र प्रविधि विकासमा सहयोग तथा सहकार्यका लागि हान्याङ युनिभर्सिटी बीके २१ हृयुमन-टेक कन्भर्जेन्स ग्रेजुएट स्कुल र मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीबीच पनि सम्झौता भएको छ । सम्झौतामा बीके २१ तर्फबाट डिन डा. सेओङनो ली र मेलबर्न इन्स्टिच्युटका अध्यक्ष जमुना गुरुङले हस्ताक्षर गर्नुभएको छ ।
अन्तर्राष्ट्रियस्तरमा नेपालका युवा खेलाडीको वृत्ति विकासका लागि आर्थिक, भौतिक र नैतिक सहयोग र सहकार्यका लागि पनि सम्झौता भएको छ । सम्झौतामा ग्लोबल एनआरएन फाउण्डेसनका अध्यक्ष विनोद कुँवर, अन्तर्राष्ट्रिय पर्वत समाजका उपाध्यक्ष संगीता कुँवर र नेपाल खेलकुद अनुसन्धान प्रवद्र्धन प्रतिष्ठानका प्राध्यापक केशव थापा, कोरियाको ग्योङसान फुटबल संघका उपाध्यक्ष काङ योङ होले हस्ताक्षर गर्नुभएको छ ।
टेबलटेनिस खेलका लागि शैक्षिक र प्रविधि विकासको अनुसन्धानका लागि पनि सम्झौता भएको छ । सम्झौतामा फस्टपोङ कम्पनीका सिइओ अमिर कमन्दी र हान्याङ विश्वविद्यालयको खेलकुद उद्योग तथा विज्ञान विभागका प्राध्यापक सिद्धार्थ विक्रम पाँडेले हस्ताक्षर गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न विश्वविद्यालयका प्राध्यापकलगायत सम्बन्धित विषयका विशेषज्ञले १५ कार्य तथा शोधपत्र प्रस्तुत गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच