ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक परिसूचकमा क्रमशः सुधार हुँदै गएको बताउनुभएको छ । यद्यपि उहाँले अर्थतन्त्र चापमा नै रहेको स्वीकार गर्नुभयो ।
ललितपुरमा जारी महासमिति बैठकमा देशको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी कार्यदिशासम्बन्धी प्रतिवेदन मङ्गलबार प्रस्तुत गर्दै अर्थमन्त्रालयको कार्यभार सम्हाल्नुभएका डा महतले लोकतान्त्रिक समाजवादको आदर्शलाई कांग्रेसले आत्मसात् गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो ।
अर्थमन्त्रीले आर्थिक वृद्धि र न्यायोचित वितरण, उपत्पादन वृद्धि र रोजगारी सृजना तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने नीतिको पक्षमा कांग्रेस अडिग रहेको बताउनुभयो । उहाँले देशको अर्थतन्त्रलाई गतिशिल बनाउन भरमग्दुर प्रयास भइरहेको बताउनुभयो ।
आर्थिक वर्ष ८०/८१ को बजेटमार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका अधिंकाश विषय कार्यान्वयन क्रममा रहेका जानकारी दिँदै उहाँले भन्नुभयो, “परम्परागत शैलीमा आउने नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सुधार गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गरी संसद्मा बजेटका सिद्धान्त र प्राथामिकताबारे छलफल गर्ने व्यवस्था मिलाइएको छ ।” उहाँले अन्तर्राष्ट्रिय विकास सहायतासम्बन्धी नयाँ नीति तर्जुमा थालिएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, “जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा ऋण परिचालन गर्न सुरू गरिएको छ ।” रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच