काठमाडौं । पिस प्वाइन्ट बोर्डिङ स्कुलको आयोजनामा छैटौँ पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता शुक्रबरदेखि हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा पिस प्वाइन्टकी संस्थापक प्रिन्सिपल इशु गुरुङले जानकारी दिनुभयो ।
विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगदबाट पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा ३६१ डिग्री र पेपे पिज्जा रहेका छन् । सह-प्रायोजकमा भाटभटेनी सुपर मार्केट, एस मिडिया, जेन्ट्स पार्क, क्रन्ची फ्राइड चीन, पेपर क्लाउड, केलोग्स, ललितपुर सिटी एफसीलगायत छन् । नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरू सानोगौचरणमा हुनेछन् । विगतका पाँचै संस्करणको उपाधि आयोजक पिस प्वाइन्टले नै जितेको छ । फाइनल फागुन १६ गते हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच