काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले सुशासनको हल्लामात्रै बढी गरेको बताउनुभएको छ ।
जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धन सरकार पूर्ण रुपमा असक्षम र असफल सावित भएको दाबी गर्नुभयो । उहाँले एमाले सरकारमा रहँदा अघि बढाएको विकास निर्माणका कामहरुले अहिले गति लिन नसकेको बताउनु भयो । उहाँले वर्तमान सरकार खर्च जुटाउने कुरामा पनि असफल रहेको बताउनु भयो ।
उहाँले शिक्षक, कर्मचारीको पारिश्रमीक आन्तरिक ऋण उठाएर खुवाउनुपर्ने अवस्था अहिलेको सरकारले सिर्जनाा गरेको बताउनु भयो । उहाँले पुँजीगत खर्च इतिहासकै अत्यन्त कमजोर अवस्थामा रहेको र पुँजीगत खर्च भविष्यमा देश कस्तो बन्छ भन्नेकुराको आधार भएको समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पहिलो कुरा त गठबन्धन सरकार पूर्ण रुपमा असक्षम र असफल सावित भएको छ । खासगरी नेकपा एमाले सरकारमा रहँदा विकास निर्माणका कामहरु जुन गतिका साथ अघि बढेका थिए, तराई मधेसकै विकास र समृद्धिको यात्रामा जुन प्रकारको तिब्रता देखिएको थियो । सिंगो राष्ट्रको विकास र समृद्धिमा जस्तो तिब्रता देखिएको थियो । गठबन्धन सरकार बनेपछि त्यो रोकिएको छ । एक प्रकारले यति बेला सरकार खर्च जुटाउने कुरामा पनि असफल छ । शिक्षक, कर्मचारीको तलव आन्तरिक ऋण उठाएर खुवाउनुपर्ने अवस्था छ । पुँजीगत खर्च इतिहासकै अत्यन्त कमजोर अवस्थामा छ । पुँजीगत खर्च भविष्यमा देश कस्तो बन्छ भन्नेकुराको आधार हो । त्यसमा पनि सरकार असफल छ । सुशासनमा सरकार कति असफल र निकम्भा छ भन्नेकुरा अनुसन्धानका लागि मन्त्रीहरु झण्डा हल्लाएर अख्तियार धाइरहेका छन् । सामान्यतया अभियोग लागेपछि र अनुसन्धानको प्रक्रिया शुरु भएपछि पदमा बसिरहन मिल्दैन । सरकार स्वयं आफैँले अनुसन्धान गर्दा मन्त्री दोषी किटान हुन्छ, राजीनामा दिँदैन । सम्पदा क्षेत्र एक किसिमले विदेशीलाई जिम्मा लगाउने काम हुन्छ, लामो समयको लिजमा, सर्वोच्चले गलत काम भयो भन्छ तर तर त्यसका दोषीलाई कुनै कारबाही हुँदैन । सरकारले सुशासनको हल्ला त बढी गर्याे, आफ्ना मान्छेहरुको जब अनुहार देखिन थाल्यो, सरकार त्यसबाट पूर्णतः पछाडि फर्कियो ।’
महासचिव पोखरेलले मन्त्री दोषी ठहर हुँदासमेत राजीनामा नदिएको भन्दै आपत्ति जनाउनु भयो । एमालेका लागि राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने विषय चासोको विषय नरहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच