काठमाडौं । टाटा जेन्युइन पाट्र्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी अटो पाट्र्स प्रालिले आफ्ना टाटा गुरुका लागि फिट एण्ड हिट डबल धमाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । १ जनवरी २०२४ मा सुरू भएको कार्यक्रमको पहिलो महिनामा टाटाका जेन्युइन ब्रेक लाइनिङ, क्लच प्रेसर प्लेट र ड्युराफिटका केही सामानमा टाटा गुरुहरूले प्राप्त गर्दै आएको प्वाइन्ट डबल गरिएको थियो ।
कार्यक्रममा सीमित पार्टसमा मात्र अफर प्रदान गरिएकोमा १ फेब्रुअरीदेखि ३१ मार्चका लागि सबै टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स जेन्युइन आयल र ड्युराफिट पार्टसमा लागू गरिएको कम्पनीले जनाएको छ ।
टाटा गुरुहरूले आफूले प्राप्त गर्ने प्वाइन्ट डबल हुने हुँदा प्राप्त प्वाइन्टहरू जम्मा पारी छिट्टै आफूलाई आवश्यक सामान लिन सक्ने कम्पनीको दाबी छ । आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य ग्राहक सेवालाई सरल र सर्वसुलभ बनाउनु हो । साथै टाटा गाडीका लागि नै बनाइएका जेन्युइन पाटर््स टाटा गुरुमार्फत् प्रयोग गर्दा गाडीको आयु र कार्यक्षमता बढ्छ र बारम्बार पाटर््स परिवर्तन गर्नुपर्ने झन्झट हुँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच