निःशुल्क स्वास्थ्य शिविरबाट एक सय बढीले लिए सेवा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

कालीकोट । जिल्लाको खाँडाचक्र नगरपालिका-९ पाँखाको जनज्योति माध्यमिक विद्यालयमा डिआर कर्णाली हेल्थ अस्पताल कालीकोटले गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ सय २० जना बढीले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

शनिबार नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डमा उपस्थित बिद्यार्थीलगायत अन्य नागरिकहरुलाई आइपर्ने स्वास्थ्य सम्बन्धि समस्यालाई मध्यनजर गर्दै डिआर कर्णाली हेल्थ अस्पताल कालीकोटले निःशुल्क स्वास्थ्य उपचार सेवाको आरम्भ गरेको थियो ।

कालीकोट जिल्लामा निःशुल्क स्वास्थ्य सेवा दिँदै आइरहेको डिआर कर्णाली हेल्थ अस्पतालले नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न हुँदा सम्म निःशुल्क स्वास्थ्य उपचार सेवा दिने र खेल सम्पन्न पश्चात् नागरिकहरुलाई सेवा दिने जानकारी गराएको थियो ।

डिआर कर्णाली अस्पताल कालीकोटका भुपु सभापति दिपबहादुर शाहीले खाँडाचक्र नगरपालिका वडा नम्बर-७, ८, ९ र १० का नागरिकहरुले आफ्नै घरदैलोमा निःशुल्क स्वास्थ्य उपचार पाए पछि स्थानीय खुसी भएको बताउनुभयो ।

डिआर कर्णाली हेल्थ अस्पताल कालीकोटका भुपु सभापति दीपबहादुर शाही, एमबिबिएस डा. अनिल भुसाल, टेकराज शाही, शोभा बोगटी र एमबिएस जर्मालगायतको टोली निःशुल्क स्वास्थ्य उपचार सेवामा खटिएको थियो ।

शिविरबाट १ वर्ष देखि ८० वर्ष उमेर समूहका बिरामीहरुले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएको एबिबिएस डा. अनिल भुसालले बताउनुभयाे । डा. भुसालकाअनुसार स्वास्थ्य उपचार सेवा लिनेहरुमाअधिकांश बढी महिलाहरु रहेको र महिलाहरुको धेरै समस्या टाउको दुख्ने, तल्लो पेट दुख्ने, खुट्टा सुन्निने, र पीवी डिस्चार्जको समस्या देखिएको उहाँले बताउनुभयो ।

यस्तै, वृद्ध बिरामीहरुमा तल्लो ढाड दुख्ने, खुट्टा सुन्निने, र खुट्टा झम्झमाउने बढी समस्या देखिएका बिरामीहरुले सेवा लिएको पनि डा. भुसाालले बताउनुभयो । शिविरमा रक्तशर्करा र गर्भावस्था परीक्षण गरिएको थियो ।

अस्पतालले यो भन्दा अगाडि खाँडाचक्र नगरपालिका वडा नम्बर-११, शुभकालिका गाउँपालिका वडा नं १, २, र ३ मा पनि निःशुल्क घरदैलो स्वास्थ्य अभियान सञ्चालन गरेको थियो ।

साथै डिआर कर्णाली अस्पतालद्वारा जिल्लाको खाँडाचक्र नगरपालिका वडा नंम्बर-११ को बदालकोट, खाँडाचक्र नगरपालिका वडा नं ५ घोडेना, खाँडाचक्र नगरपालिका वडा नं ४ बद्रिगाउँ र सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर-१, सेरिज्युला, शुुभकालिका गाउँपालिका वडा नं ४ राराकाटीया ठानागाउँमा पनि निःशुल्क स्वास्थ शिविर सम्पन्न गरेको थियो । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका १, प्रतिमाचोक, मान्ममा रहेको उक्त अस्पतालले बिशेषज्ञ डाक्टरहरुद्वारा २४ घण्टा इमर्जेन्सी सेवा समेत सञ्चालन गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?