-पुरन साह
जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २३ जनकपुरधाम-जलेश्वर सडक खण्ड बिन्धीमा बसले किच्दा एकजनाको मृत्यु भएको छ भने पाँच जना गम्भिर घाइते भएका छन् । स्थानियले भने विवाहका लागि माटो खन्न गएका महिलाहरुको समुहलाई बसले किच्दा ३ जनाको घटना स्थलमै मृत्यु भएकाे र अरु ३ जना गम्भिर घाइते भएकाे बताएका छन् । यद्यपि प्रहरीले भने मृतकको एकिन विवरण प्राप्त गरिसकेकाे छैन
घटना पश्चात स्थानियले एम्वुलेन्स बोलाएर आ-आफनो हिसावले घाइतेलाई अस्पताल पुर्याएकाले एकिन भन्न सक्ने अवस्था नरहेको प्रहरीको भनाई छ । अहिले सम्म एकजनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
जनकपुर- जलेश्वर सडक खण्डको बिन्धिमा प्र २-०२-००१क ०४३१ नम्बरको एंजल्स स्कुलको बसले ठक्कर दिंदा अन्दाजी ३०/३५ वर्षीया राखी देवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुर्घटनामा १ बच्चासहित ५ जना महिलाहरु घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि आक्रोषित पीडितहरुले बसमा तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा राख्न प्रहरी परिचालन गरिएको छ ।
दुर्घटनाको विस्तृत बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच