एमालेको घोषणापत्रः आगामी ५ वर्षभित्र जीडीपी १०० खर्ब रुपैयाँ पुर्‍याउने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।

उक्त घोषणापत्रमा आगामी ५ वर्षभित्र नेपालको कुल गार्हस्थ उत्पादन ९जीडीपी० १०० खर्ब रुपैयाँ पुर्‍याउने दाबी गरिएको छ ।

अहिले करिब ४८ खर्ब जीडीपी रहेको भन्दै यसलाई वृद्धि गरेर १०० खर्ब रुपैयाँ पुर्‍याउने एमालेले दाबी गरेको हो ।

‘हालको करिब रु। ४८ खर्बको कुल गार्हस्थ उत्पादन ९जीडीपी०लाई आगामी पाँच वर्षभित्र रु। १०० खर्ब पुर्‍याउनेछ,’ सार्वजनिक घोषणापत्रमा एमालेले उल्लेख गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?