क्यानडामा ३० हजार वर्ष पुरानो म्यामोथ फेला

हिमालय टाइम्स
Read Time = 2 mins

ओटाबा । उत्तर-पश्चिमी क्यानडामा जमेको अवस्थामा एउटा वुली म्यामोथ फेला परेको छ । सो म्यामोथ ३० हजार वर्षभन्दा पुरानो भएको विश्वास गरिएको छ ।

उक्त म्यामोथलाई गत मंगलबार युकोनको क्लोन्डाइक क्षेत्रमा सुन खानीहरूले फेला पारेका थिए । बुली म्यामोथ हात्ती प्रजातिको प्राणी हो । यसको लामो सुँड हुन्छ ।

युकोन सरकारले यसलाई सन् २००७ मा साइबेरियामा रसियाले फेला परेको बच्चा म्यामथसँग तुलना गरेको छ । उक्त पोथी बच्चाको नाम नुन चो गा राखिएको छ, जसको अर्थ उक्त क्षेत्रका मूल अमेरिकीहरूले बोल्ने हान भाषामा ‘ठूलो बच्चा जनावर’ हो ।

‘नन चो गा सुन्दर छ र संसारमा फेला परेको सबैभन्दा अविश्वसनीय ममीफाइड हिमयुग जनावरमध्ये एक हो’, युकोनका जीवाश्मविद ग्रान्ट जाजुलाले भने ।

‘यो सन् २००७ मा फेला परेको साइबेरियन बेबी ल्युबा जत्तिकै आकारको छ, जुन ४२ हजार वर्ष पुरानो थियो’, युकोन सरकारले एक प्रेस विज्ञप्तिमा भन्यो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?