एमालेको प्रमुख सचेतकमा महेश बर्तौला, सचेतकमा सुनिता बराल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा (एमाले) ले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको छ ।

आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतक नियुक्त गर्नुभएको हो ।

यसअघिका प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलालाई नियुक्त गरिएको हो । बर्तौला मकवानपुर–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनु हो ।

यस्तै, सचेतकमा सुनिता बराललाई नियुक्त गरिएको छ । उहाँहरु दुबै जना विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा आउनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *