काठमाडौं । महिलामाथि हुने हिंसाका घटना कम गर्न स्रोतसाधनमा महिलाको पहुँच बढाउनुपर्नेमा ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले जोड दिएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले संयुक्तरूपमा आयोजना गरेको ‘महिला तथा बालिकामाथि हुने हिंसा न्यूनीकरण’ सम्बन्धी अन्तरक्रियामा सहभागीले सो विषयमा जोड दिएका हुन् ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार र न्यायिक प्रक्रियाबारे समाजमा सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले घरपरिवार र आफन्तबाटै महिला र बालिका पीडित हुने गरेका घटना सार्वजनिक भएकामा चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा मानव अधिकार आयोगकी सदस्य लिली थापाले विभेद अन्त्य गर्न महिलाको हातमा शक्ति पु¥याउनुपर्ने बताउनुभयो । उहाँले महिलाको क्षमता र दक्षता बढाउन लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । आयोगका सदस्य मनोज दवाडीले साधनस्रोतमा महिलाको पहुँच बढाउनुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले पीडितको संरक्षणमा संवैधानिक आयोगहरूले ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले पीडित महिला र बालिकासँग सम्बन्धित घटनाबारे जानकारी दिँदा गोपनीयतालाई ध्यान दिनुपर्नेमा सो हुन नसकेको बताउनुभयो । ‘पीडितको नाम, ठेगाना त गोप्य राख्नुपर्नेमा फोटो नै सार्वजनिक हुँदा पीडित र पीडितका परिवारलाई थप पीडा हुन्छ । यतातिर सरोकारवाला सबैको ध्यानाकर्षण गराउँछु,’ अध्यक्ष अर्यालले भन्नुभयो ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले समाज सुधारका लागि महिला अधिकार प्रभावकारी हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सन् २०२३ मा इन्सेकले अभिलेख गरेका महिला र बालिका पीडित भएका घटनाका तथ्य र तथ्यांकबारे जानकारी गराइएको थियो ।
सन् २०२३ मा बेचबिखन तथा ओसारपसारका घटनामा ३० जना, बेचबिखन तथा ओसारपसार प्रयासका घटनामा २५ जना, घरेलु हिंसाका घटनामा चार हजार ९६३ जना, ‘बोक्सी’को आरोपका घटनामा २५ जना, बलात्कारका घटनामा ६५१ जना, बलात्कार प्रयासका घटनामा १५२ जना, यौन दुव्र्यवहारका घटनामा ५४ जना महिला पीडित भएको अभिलेख इन्सेकले फागुन २४ गते जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।
इन्सेकले गरेको अभिलेखअनुसार सन् २०२३ मा एक हजार ४४६ जना बालिका पीडित भए । जसमध्ये बलात्कारका घटनामा एक हजार दुईजना, यौन दुव्र्यवहारका घटनामा ३७३ जना, बेचबिखन तथा ओसारपसारका घटनामा ४३ जना र बालविवाहका घटनामा २८ जना बालिका पीडित भएको अभिलेख भएको कार्यक्रममा जानकारी दिइएको छ । ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मूल नाराका साथ ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी देशभर मनाइँदै छ । हरेक वर्ष मार्च ८ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच