काठमाडौं । साथीसँगै सबल बन्दै भन्ने मूल नाराका साथ लघुवित्तीय सेवा प्रदान गर्दै आएको एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले राष्ट्रियस्तरको शाखा प्रमुख सम्मेलन चितवनमा सम्पन्न गरेको छ । देशभरिकै कुल २८७ शाखा कार्यालयका सम्पूर्ण शाखा प्रमुख, प्रदेश प्रमुखलगायत संस्थाको कर्पोरेट कार्यालयका विभागीय प्रमुख, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिका अध्यक्ष एवं सञ्चालक समितिका सदस्यसहितको सहभागितामा सम्मेलन भएको हो ।
सम्मेलन संस्थाको हालसम्मकै ठूलो तथा भव्य कार्यक्रममध्ये एक रहेको संस्थाले जनाएको छ । सम्मेलनमा अध्यक्ष सुवर्ण पौडेल र प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक तथा लघुवित्त विज्ञ डा. भरतसिंह थापा, उत्प्रेरक वक्ता रमण भट्टराईलगायतले लघुवित्तबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
संस्थाले सम्मेलनमा चितवन जिल्लाका विभिन्न नगरपालिकामा रहेका पाँचवटा आधारभूत विद्यालयका प्रधानाध्यापकलाई कार्यक्रममा आमन्त्रित गरी शैक्षिक तथा मेडिकल सामग्रीहरू वितरण गरेको संस्थाका प्रमुख सूचना अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच