![रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता ल्याउने विषय पेचिलो भयो : उपप्रधानमन्त्री श्रेष्ठ](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/parasastramantri-and-russia-sena-pariwar.jpg)
काठमाडौं । ‘नेपाली फिल्म फेष्टिभल इन लण्डन २०२४’को आयोजना हुनेभएको छ । बेलायतको राजधानी लण्डनमा दोस्रा ेपटक यो महोत्सव आयोजना हुनलागेको हो । आयोजकले थर्ड आई लिमिटेडका अध्यक्ष विकास देवकोटाले सात दिनसम्म यो महोत्सव चल्ने जानकारी दिनुभयो । महोत्सवमा १० वटा नेपाली चलचित्र प्रदर्शन गरिने जनाइएको छ ।
बेलायतमा नेपाली फिल्म फेष्टिभलको आयोजनाले नेपाली कला र संकृतिको प्रवद्र्धन हुने जानकारी दिँदै उहाँले भन्नुभयो, ‘हामी नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म लण्डनमा देखाउने छौं । यसले नेपाली फिल्मको बजार विस्तारमा टेवा पुराउनेछ । साथमा, नेपाली कला, संस्कृतिलाई प्रवद्र्धन गर्नेछ ।’
यो महोत्सवले नेपाली चलचित्र के-कस्ता बनिरहेका छन् भन्ने बारेमा प्रवासी नेपालीलाई थाहा हुने र नयाँ-नयाँ स्वाद बोकेका चलचित्र प्रदर्शन गर्दा विदेशी बजारसमेत विस्तार हुने बताइएको छ । थर्ड आइले करिब ४० जना हाराहारीमा चलचित्रकर्मी, पत्रकार र विभिन्न क्षेत्रका व्यक्ति महोत्सवमा सहभागी हुने बताएको छ । महोत्सव जुन ९ तारिखबाट सुरु हुने महोत्सव जुन १५ तारिखसम्म चल्नेछ ।
आयोजकले यो महोत्सवमा ५० वटा चलचित्रको आवेदन पर्ने आशा गरेको छ । जसबाट दशवटा चलचित्र मनोनयन गर्ने र पाँचलाई सम्मान गर्ने तयारी गरिएको छ । आयोजकले महोत्सवमा भाग लिन चाहने चलचित्र मेकरले थर्ड आइको फेसबुक पेजमा गएर आवेदन दिन सक्ने बताएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच