यस्तो छ–आजको विदेशी विनिमय दर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४० पैसा र बिक्री दर १३३ रुपैयाँ ०० पैसामा तथा युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ०६ पैसा र बिक्री दर १४१ रुपैयाँ ७० पैसा कायम गरिएको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०६ पैसा र बिक्री दर १६२ रुपैयाँ ७९ पैसामा खरिदबिक्री हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८५ रुपैयाँ २९ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६८ पैसा तथा क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ १८ पैसा, बिक्रीदर ९८ रुपैयाँ ६३ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९१ पैसा र बिक्रीदर ९ रूपैयाँ ९६ पैसा कायम गरिएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३० रुपैयाँ र बिक्री दर ३५.४६ रुपैयाँ कायम हुदाँ मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३७ रुपैयाँ कायम भएको छ ।

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२८.७६ पैसा र विक्रीदर ४३०.७० पैसामा कारोबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?