काठमाडौं । गत वर्ष छायांकनमा निस्किएको र ६ महिनाअघि छायांकन सकेर पोष्ट प्रोडक्सनको काम भइरहेको नयाँ नेपाली चलचित्र ‘मिलन’को डबिङको काम सकिएको छ । आगामी कात्तिकको पहिलो सातामा प्रदर्शन हुने तयारीमा रहेको नयाँ ‘मिलन’मा कुशल शाह ठकुरी, सलोन बस्नेत, शिल्पा थापा, शिशिर बांग्देल, विशाल पहाडी, जानुका पौडेल (प्याकुली)लगायत कलाकारको मुख्य भूमिका छ ।
प्रेम कथामा आधारित चलचित्र ‘मिलन’मा कुशल, सलोन र शिल्पाको त्रिकोणात्मक प्रेम कहानी देख्न पाइने चलचित्रका निर्देशक टेक पौरखी राईले जानकारी दिनुभयो । यसअघि निर्देशक राईले ‘मट्टीमाला’ र ‘माया पिरिम’ चलचित्र निर्देशन गरिसक्नुभएको छ । चलचित्रमा लेखन पनि निर्देशक राईकै छ ।
चलचित्रका मुख्य अभिनेता ‘चकलेटी लभर ब्वाय’ कुशल शाह ठकुरीले यसै चलचित्रबाट डेब्यु गर्दै हुनुहुन्छ । यस्तै अभिनेत्री शिल्पा थापाको पनि यो पहिलो चलचित्र हो । शिल्पाका टिकटक तथा इन्स्टाग्राफमा लाखौं ‘फ्लवर्स’ छन् । तीनवटा गीत समावेश चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ भने प्रताप दास, कौसल खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किरातीको स्वर छ । चलचित्रमा द्वन्द्व निर्देशन कुमार महर्जनको छ ।
काठमाडौं र कालिञ्चोकमा छायांकन गरिएको यो चलचित्रको निर्माता प्रवीन थापा हुनुहुन्छ । राहुल राईको छायांकन रहेको चलचित्रमा तारा किम्बे थापाको सम्पादन छ । चलचित्रको पोष्टप्रोडक्सनको काम क्लासिक सिनेमाले गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच