काठमाडौं । साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोल पम्प २४सै घण्टा सञ्चालन हुने भएको छ । एक समारोहबीच उक्त सेवाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बुधबार सुरुवात गर्नुभएको हो ।
मन्त्री भण्डारीले साझाको गर्विलो इतिहासको स्मरण गर्दै साझालाई राज्यले प्राथमिकता नदिँदा पछि परेको बताउनुभयो । नेपाल आयल निगमको छवि सुधार गर्नुपर्नेमा जोड दिँदै उहाँले निगमको सेवा प्रवाह अझै भरपर्दो, शुद्धता, चुहावटलगायत सबै कुरामा सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
मन्त्री भण्डारीको निर्देशनमा आयल निगमले साझा सहकारीलाई गरेको आग्रहबमोजिम पेट्रोलियम पदार्थ वितरण २४ सै घण्टा सुरुवात गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच