काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौं पूर्वी क्षेत्रीय समितिअन्तर्गतको कपन इकाईले ग्रिल तथा स्टिल व्यवसायीका लागि निःशुल्क टिटी खोपका साथै बृहत् वनभोज कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको शुभारम्भ गर्र्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका वस्तुगत उपाध्यक्ष मोहन कटुवालले ग्रिल तथा स्टिल व्यवसायमा संलग्न उद्योगी र ग्रिल श्रमिकका लागि टिटी खोप अति आवश्यक भएकोमा कपन इकाईले खोपको आयोजना गरेर सराहनीय कार्य गरेको बताउनुभयो । साथै वनभोज कार्यक्रमले सम्बद्ध व्यवसायी र कामदारलाई तनाव र थकानमुक्त बनाउन सहयोग पुर्याउने उहाँको भनाइ थियो ।
ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्षसमेत रहनुभएका कटुवालले देशमा आर्थिक मन्दीका कारण बन्द हुन लागेका ग्रिल उद्योगलाई सरकारले राहतका कार्यक्रम ल्याएर पूर्णरूपमा सञ्चालन गर्न सक्ने वातावरण बनाइदिन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले ग्रिल तथा स्टिल व्यवसायीका समस्या समाधान गर्न महासंघले सदैव पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । कपन इकाईका अध्यक्ष भेषराज श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अमृतबहादुर श्रेष्ठ, काठमाडौं जिल्ला अध्यक्ष सुनिलकुमार अमात्य, महासचिव पशुपति श्रेष्ठ, पूर्वी क्षेत्रीय अध्यक्ष विष्णुकुमार श्रेष्ठलगायतले ग्रिल तथा स्टिल व्यवसायमा देखिएका समस्या सबै मिलेर समधान गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा काठमाडांै जिल्लाभित्र रहेका नौवटा इकाई समितिका अध्यक्ष तथा पदाधिकारी सहभागी सो कार्यक्रममा ग्रिल व्यवसायी र आश्रित परिवारको उपस्थिति रहेको थियो भने ९० जनाले निःशुल्क टिटी खोप लगाएका थिए । कपन इकाई अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि स्वास्थ्य शिविर र वनभोज कार्यक्रम सञ्चालन गर्दै जाने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच