काठमाडौं । यही ३० गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘द रेड सुटकेस’ क्यूएफएक्स चेनमा प्रदर्शन नहुने भएको छ । क्यूएफएक्सले उचित ‘सो’ दिन नसकिने बताएपछि निर्माण पक्षले क्यूएफएक्स चेनमा चलचित्र प्रदर्शन नै नगर्ने घोषणा गरेको हो । ‘देशको सबैभन्दा ठूलो सिनेमा चेन क्यूएफएक्सले भने ‘द रेड सुटकेस’ लाई अन्य देशी-विदेशी फिल्मको चापका कारण उचित सो दिन नसकिने र अर्को हप्ता रिलिज गरे पुर्नविचार गर्न सकिने आशयको इमेल लेखेपछि हामीले यसलाई आपत्तिजनक मान्दै क्यूएफएक्स चेनमा चलचित्र प्रदर्शन नगर्ने घोषणा गरेका छौँ’, चलचित्रका निर्माता रामकृष्ण पोखरेलले आइतबार एक विज्ञप्तिमार्फत भन्नुभएको छ ।
उहाँका अनुसार अन्य सिनेमा घरमा भने चलचित्र निर्धारित मितिमा नै प्रदर्शन हुने छ ।
निर्माता पोखरेलले देशलाई चलचित्रको माध्यमबाट संसारभर प्रतिनिधित्व गर्ने ‘द रेड सुटकेस’जस्ता चलचित्रमाथि नेपालमा व्यापारको नाममा हुने विभेद नयाँ नभएको पनि बताउनुभएको छ । यसअघि पनि आफूहरूको निर्माण रहेको ‘ऐना झ्यालको पुतली’माथि पनि विदेशी फिल्म सेन्सर नभएको झोकमा निर्धारित समयमा बुकिङ नखोलिएको उहाँको गुनासो छ ।
‘कलात्मक चेतमा निर्माण भएका यस्ता फिल्मलाई व्यापार नगर्ने फिल्मको लेबल लगाएर बारम्बार निरुत्साहित गर्दै आइरहेको सूची लामो छ । चाडपर्व र विदाका समयमा यस्ता फिल्मलाई प्रदर्शनको मौका नदिएर नजानिँदो गरी सिनेमा घरले फरक धारका फिल्म दर्शकको रुचिमा पर्दैनन् भन्ने भाष्य निर्माण गरिरहेका छन् । हामी यस्ता असहिष्णु व्यवहारको भद्र अवज्ञा गर्न चाहान्छौँ’, उहाँले भन्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच