शाओमीको ‘स्योर सट सेप्टेम्बर मेला’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शाओमीले ‘स्योर सट सेप्टेम्बर मेला’ अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले तोकिएका रेडमी स्मार्टफोन खरिदमा रोमाञ्चक रेडमी इयरफोन निःशुल्क पाउनेछन् । अफरबारेमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भन्नुभयो, ‘हामी हाम्रा ग्राहकले यस सेप्टेम्बरमा शाओमीको स्योर सट सेप्टेम्बर मेलामार्फत् प्राविधिक आनन्दको अनुभव गर्नुहोस् भन्ने चाहन्छौँ । ग्राहकको निरन्तर सहयोगले उहाँहरूलाई केही प्रदान गर्न उत्प्रेरित गरेको छ, त्यसैले हामीले यो रोमाञ्चक अफर ल्याएका छौँ । विश्वास छ कि यी अफरले ग्राहकको खरिदमा मूल्यमात्र थप्ने छैन, समग्र शाओमी अनुभव निखार्नेछ ।’

अफरअन्तर्गत रेडमी ए २ र ए २ प्ल खरिदमा ग्राहकले रेडमी इयरफोन निःशुल्क पाउनेछन् । त्यसैगरी हरेक रेड्मी १२ सी खरिदमा निःशुल्क रेड्मी सोनिक बेस ब्लुटुथ इयरफोन प्राप्त गर्नेछन् । दुवै अफर सेप्टेम्बर १५ मा सम्पन्न हुनेछ । अफर रेडमीका नेपालभरका रिटेल आउटलेटमा उपलब्ध हुने पनि कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?