मौन अवधिका कांग्रेस र माओवादी कार्यकताबीच झडप

Read Time = 2 mins

-बाबुराम श्रेष्ठ

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–६ भोर्लेमा कांग्रेस र माओवादी कार्यकताबीच झडप भएको छ । झडप हुँदा दुबै पक्षका गरी २० जना भन्दा बढी घाइते भएको बताइएको छ ।

झडपमा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार भुपेन्द्रकुमार श्रेष्ठ भने गम्भीर घाइते हुनुभएको छ । उहाँको टाउको, दाहिने आँखा, दातलगायत शरिरका विभिन्न ठाउँमा चोट लागेको छ ।

घाइतेहरूको धादिङ अस्पतालमा उपचार भैरहेको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता मौन अवधिमा बुधबार राति चुनावी प्रचारप्रसारमा लागेको बेला दुई पार्टी जंकाभेट हुँदा झडप भएको बताइएको छ ।

झडपपछि अहिले नेपाली कांग्रेस र माओवादी केन्द्रले एक अर्कालाई दोषार्पण गरिरहेका छन् । धादिङमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल गरिएको छ । नीलकण्ठ नगरपालिकामा मेयर नेपाली कांग्रेस र उपमेयर माओवादी केन्द्रलाई भाग परेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?