६ जना एसएसपीको काज सरुवा: बोहोरालाई काठमाडौं प्रमुखको जिम्मेवारी, अपराध अनुसन्धानमा भट्टराई

Read Time = 1 min

काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरूवा भएको छ ।

बुधबारको मन्त्रीस्तरीय निर्णयबाट एसएसपीहरुको सरूवा गरिएको हो ।

सरुवा सूची अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरतबहादुर बोहराको सरुवा भएको छ भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक भट्टराईलाई पठाईएको छ ।

त्यसैगरी अपराध अनुसन्धान विद्यालयमा एसएसपी विष्णु केसी, लागूऔषध नियन्त्रण ब्यूरोमा एसएसपी विकास खनाल, मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्यूरोमा एसएसपी अनुराग द्विवेदी, विपद् व्यवस्थापन कार्यालयमा एसएसपी कुवेर कडायतको सरुवा भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?