विनोद चौधरीलाई एसियन अवार्ड

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीलाई एसियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गर्ने भएको छ । दुबईस्थित म्युजियम अफ दि फ्युचर भवनमा अक्टोबर ७ तारिखमा अवार्डका पूर्वविजेता, सेलिब्रेटीबीच हुने भव्य समारोहमा अवार्ड प्रदान गर्ने कार्यक्रम रहेको चौधरी ग्रुपले जनाएको छ । एसियन अवार्डले व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाजसेवामा उत्कृष्ट योगदान पुर्‍याउने प्रतिभालाई सम्मान गर्दै आएको छ ।

अवार्डबाट यसअघि आर्ट अफ लिभिङका संस्थापक रविशंकर, सर वेन किङ्स्ले, ब्रुसली, सचिन तेन्दुलकर, ज्याकमा, मदर टेरेसा, फ्रेडी मर्करी, अभिनेता ज्याकीच्यानलगायत सम्मानित भएका छन् ।
नेपालका एकमात्र फोब्र्समा सूचीकृत अर्बपति चौधरीले फाउण्डेसनमार्फत् नेपालमा प्रभावकारी रूपमा सामाजिक कार्य गर्दै आउनुभएको छ ।

फाउण्डेसनले भूकम्पपीडितका लागि करिब तीन हजार घर बनाएर १० जिल्लाका पीडितलाई हस्तान्तरण गरेको थियो । त्यस्तै, फाउण्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६१ वटा पक्की घर निर्माण गरेको थियो । चौधरी फाउण्डेसनले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, उद्यमशीलता विकास, सीप र जीविकोपार्जन, महिला सशक्तीकरण, आध्यात्मिक एवं सम्पदा संरक्षण क्षेत्रमा काम गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?