✍️ तोयराज नेपाल
मार्गुशुक्लपूर्णिमाका दिनलाई धान्यपूर्णिमा भनिन्छ । यस दिन कतिपयले कूलदेवताको पूजा गर्दछन्, भने कतिपयले गैडुपूजा गोठधूप गर्ने भनेर पनि कुलदेवताको नै पूजा गर्दछन् । मंसिर महिनमा धान पाकेर अन्नबाली थन्क्याइन्छ । धान भनेको वस्तु अन्न मध्येको मुख्य अन्न हो । अन्न भनेको अद्यते खाद्यते इति अन्न म्, यस व्युत्पत्तिद्वारा जे जे पदार्थ खाइन्छन् ती ती सम्पूर्ण पदार्थ अन्न हुन् । तथापि विशेषगरी धेरैजसो मनुष्य जातिले मुख्य खाद्यपदार्थका रूपमा धानलाई लिनेगरेका छन् । कलियुगमा अन्नमा प्राण रहेको हुन्छ। ( कलावन्नगताःप्राणाः लोकाः स्वल्पायुस्तथा ।)
(स्कन्दपुराण रेवाखण्ड सत्यनारायणव्रतकथा) भनिको छ । त्यस्तै अन्यत्र स्मृति एवं पुराण शास्त्रहरूमा पनि उल्लेख छ ।) कृते त्वस्थिगताः प्राणास्त्रेतायां मांसमिश्रिताः । द्वापरे रुधिरं प्राहुः कलावन्नगताः स्मृताः ।। इति । सत्ययुगमा अस्थिमा अर्थात् हाडमा प्राण रहन्थ्यो, त्रेतायुगमा हाड र मासुमा प्रण रहन्थ्यो, द्वापरयुगमा रक्तमा प्राण रहन्थ्यो भने कलियुगमा अन्नमा प्राण अडिएको छ । अहिले कलियुग हो । कलिकालमा प्राणीको प्राण अन्नमा रहने हुँदा अन्न प्राणस्वरूप हुन्छ । अन्न खान नपाएमा प्रणीको मृत्यु हुन्छ । अन्नको मात्रा थोरै कमीभयो भने पनि शरीमा रोग व्याधि लाग्दछ र ऊ कुनै काम गर्न सक्तैन ।
सत्ययुगमा अस्थिमा अर्थात् हाडमा प्राण रहन्थ्यो, त्रेतायुगमा हाड र मासुमा प्रण रहन्थ्यो, द्वापरयुगमा रक्तमा प्राण रहन्थ्यो भने कलियुगमा अन्नमा प्राण अडिएको छ । अहिले कलियुग हो । कलिकालमा प्राणीको प्राण अन्नमा रहने हुँदा अन्न प्राणस्वरूप हुन्छ । अन्न खान नपाएमा प्रणीको मृत्यु हुन्छ । अन्नको मात्रा थोरै कमी भयो भने पनि शरीमा रोग व्याधि लाग्दछ र ऊ कुनै काम गर्न सक्तैन ।
शरीर नीरोगी भयो भनेमात्र मनुष्य हरेक कार्य गर्न समर्थ हुन्छ । धर्मार्थकाममोक्षेषु शरीरं मूलसाधनम् । शरीर भनेको धर्म अर्थ काम र मोक्षसमेतको साधन हो । अर्को कुरा ‘धर्मार्थकाममोक्षेषु आरोग्यं मूलकारणम् ।’ स्वस्थ शरीर विना धर्म गर्न पनि सकिँदैन, सम्पत्ति आर्जन गर्न पनि सकिँदैन, काम वासनाको उपभोग गर्न पनि सकिँदैन र मोक्ष प्राप्त गर्न सकिँदैन । अन्न खान नपाए शरीर स्वस्थ रहन सक्तैन, त्यसकारण धर्मादि कुनै कार्य गर्न अन्नको ठूलो महत्व हुने हुँदा मनुष्यले अन्न उत्पादन गर्न अन्नको खेतीपाती गर्नुपर्दछ । खेती गरेपछि अन्नहरूको उत्पादन हुन्छ । अन्न धेरै फल्यो भने आफूले मात्र अन्न थन्क्याएर थुपार्नु पनि हुँदैन ।
ब्राहृमणलाई, दीनदुखीलाई, दरिद्रीलाई र इष्टमित्रलाई दानप्रदान पनि गर्नुपर्दछ । अन्नले प्राण धान्न सहयोग पुर्याउने भएकाले अन्नदानलाई प्राणदानसँग तुलना गरिएको छ । कुनै पनि व्यक्तिको शरीर निर्माणमा खाने मुख, सुघ्ने नाक, देख्ने आँखा, सुन्ने कान, छुने त्वगिन्द्रिय अर्थात् छालाजस्ता पञ्च ज्ञानेन्द्रियहरूको संयोजन भएको हुन्छ । तर ती सम्पूर्ण इन्द्रियहरूमा प्राणको स्थान सर्वोच्च छ र प्राणको महत्व निकै ठूलो छ । अघि कुनै समयमा यी इन्द्रियहरूमा म ठूलो, म ठूलो भन्ने परस्परमा विवाद भएको र आफ्नो महत्व स्थापित गर्न प्राणीका शरीरबाट निस्किएर एक-एक गरी एक-एक वर्षसम्म बाहिर जाँदा पनि शरीलाई सामान्य कमी भए पनि खासै ठूलो फरक परेन, शरीर चलिरहृयो । तर शरीबाट प्राण निस्कन खोज्दा भने सबै इन्द्रियहरूको अस्तित्व तत्काल समाप्त हुने स्थिति उत्पन्न भएको हुँदा प्राणको महत्व सर्वोच्च रहेको विषय उपनिषद् शास्त्रमा उल्लेख गरिएको छ । तैत्तिरीयोपनिषतमा उल्लेख छ,
अन्नात् पुरुषः अन्नाद् वै प्रजाः प्रजायन्ते । अन्नं ब्रहृमेति व्यजनात्, अन्नाद्वयेव ।
खल्विमानि भूतानि जायन्ते ।। अन्नेन जातानि जीवन्ति अन्नं प्रयन्त्यभिसंविशन्तीति ।।
अन्नबाट पुरुषको अर्थात् जीवको उत्पत्ति हुन्छ, अन्नबाटै प्रजाको जन्म हुन्छ, अन्न नै ब्रहृमस्वरूप हो । ब्रहृमादि कीटपतंगसम्म सम्पूर्ण प्राणीसमुदाय अन्नबाटै उत्पत्ति हुन्छन् । जन्मिएका सबै प्राणी अन्नद्वारा नै जीवित रहन्छन् र सबै जीवात्माका सूक्ष्मस्वरूप अन्नमा नै प्रवेश गरेर रहेका हुन्छन् । यस्तो महत्वपूर्ण अन्नको दानप्रदान गर्दा ठूलो पुण्यलाभ हुन्छ ।
गृहस्थीले सधैंभरि गर्नुपर्ने नित्यकर्मभित्र पञ्चमहायज्ञ पर्दछन् । पञ्चमहायज्ञ भनेका १, ब्रहृमयज्ञ २, देवयज्ञ ३, पितृयज्ञ ४, मनुष्ययज्ञ र ५, भूतयज्ञ हुन् । वेदादिशास्त्रको अध्ययन गर्नुलाई ब्रहृमयज्ञ भनिन्छ । देवताको पूजा हवनादि गर्नुलाई देवयज्ञ भनिन्छ । तर्पण, श्राद्ध गर्नुलाई पितृयज्ञ भन्निछ । अतिथिसत्कार गर्नुलाई मनुष्ययज्ञ भनिन्छ । कागआदि चराचुरुंगी, गाई-गोरु कुकुर, बिराला आदि पशुपक्षी र कमिला आदि कीटपतंगलाई बलिदिनु अर्थात् खानेकुरा दिनुलाई भूतयज्ञ भनिन्छ । यी पञ्चमहायज्ञ गरेर बाँकी रहेको अन्नादि परिवारका सदस्यलाई खुवाएर यज्ञशेषमात्र गृहस्थीले खानुपर्दछ ।
पञ्चयज्ञांस्तु यो मोहान्न करोति गृहाश्रमी । तस्य नायं न च परो लोको भवति धर्मतः ।।
यदि कुनै गृहस्थले पञ्चयज्ञ नगरिकन खान्छ भने त्यसका लागि यसलोमा पनि सुख हुँदैन । परलोकमा पनि सुख हुँदैन, उत्तमगति प्राप्त हुँदैन । यज्ञशिष्टाशिनः सन्तो मुच्यन्ते सर्वकिल्विषैः। भुञ्जते ते त्वघं पापा ये पचन्त्यात्मकारणात् ।। श्रीमद्भगवद्गीता ३ र १३ ।
जसले पञ्चयज्ञ गरेर बाँकी रहेको अन्नादि खान्छन् ती व्यक्ति सदासर्वदा सम्पूर्ण पापराशिबाट मुक्त हुन्छन् । जसले केवल आपफ्ना लागि मात्र अन्न पकाएर खान्छन् भने ती व्यक्तिले केवल पापैमात्र खान्छन् र पापको परिणामस्वरूप नरकमा बास गर्न पुग्दछन् । अघि ब्रहृमाजीेले यज्ञकासाथसाथै प्रजाको सृष्टि गर्नुभयो र प्रजालाई भन्नुभयो, हे बाबुहो यज्ञकासाथमा तिमीहरू जन्म भएको छ, त्यसैले यसै यज्ञद्वारा देवताहरूको आराधना गर । यज्ञद्वारा आराधना गरिएका देवताले तिमीहरूको उपकार गर्नेछन् ।
यज्ञले नै तिमीहरूका सम्पूर्ण कामना पूरा गर्नेछन्, देवताले तिमीहरूलाई आवश्यक वस्तु दिनेछन्, फेरि तिमीहरू देवताद्वारा दिइएका वस्तुहरूको केही अंश देवतालाई नचढाई नदिई उपभोग नगर्नू । जसले देवतालाई नदिइकन आफूमात्र उपभोग गर्छ भने त्यस्ता व्यक्तिलाई चोर, डाका, अपराधी भन्नुपर्दछ ।
अन्नाद् भवन्ति भूतानि पर्जन्यादन्नसम्भवः । यज्ञाद् भवति पर्जन्यो यज्ञःकर्मसमुद्भवः ।
कर्मब्रहृणमोद्भवं विद्धि ब्रहृमाक्षर ब्रहृमाक्षर समुद्भवम् । तस्मात् सर्वगतं ब्रहृम नित्यं यज्ञे प्रतिष्ठितम् ।।
अन्नबाट प्राणीको उत्पत्ति हुन्छ, पर्जन्य मेघ वा बादलबाट वृष्टि हुन्छ । यज्ञद्वारा बादल उत्पत्ति हुन्छ । वृष्टिद्वारा अन्नको उत्पत्ति हुन्छ, यज्ञ भनेको देवताको आराधना हो, यज्ञबाट देवताहरू खुशी हुन्छन् र बादल लाग्छ । बादलबाट फेरि वृष्टि हुन्छ । वृष्टिबाट अन्नको उत्पत्ति हुन्छ । वैदिक कर्मबाट यज्ञ हुन्छ । कर्म ब्रहृम अर्थात् वेदद्वारा प्रतिपादित छ । ब्रहृम. शब्दब्रहृम तथा परब्रहृम सर्वत्र व्यापक भएर रहेको छ । उनै परब्रहृम परमात्मा यज्ञमा नित्यनिरन्तर विराजमान भएर रहनुभएका छ । त्यसकारण यज्ञ गर्दा परब्रहृमस्वरूव परामेश्वरको नै उपासना हुन्छ । यज्ञ गर्दा जीवात्मा तथा परमात्माको उपासना हुने र परस्परमा सबैलाई सहयोग पुगी सबैको कल्याण हुन्छ । यसरी परस्परको सहयोगद्वारा संसारचक्र चल्दछ ।
मंसिर शुक्लपूर्णिमा धान्यपूर्णिका दिन धेरैभन्दा धेरै धान्यादि अन्न भित्र्याइएका उपलक्षमा यज्ञयागादि गरेर होम होमादि गरी देवताको आराधना गरेर धान्याचल पूजा गरी आफूलाई आवश्यक भन्दा बढी हुने धान्यादिवस्तु ब्राहृमणलाई, दिन दुःखीलाई, दरिद्रलाइर इष्टमित्रादिमा समेत दान गर्नुपर्दछ । दान गर्दा द्रव्यको शुद्धि हुन्छ ।
दैनिक पञ्चमहायज्ञ गर्ने कुरा ता अनिवार्य छँदैछ । त्यसका अतिरिक्त कहिलेकाहीँ विशेष दानप्रदान पनि गर्नुपर्दछ । त्यसकारण मंसिर शुक्लपूर्णिमा धान्यपूर्णिका दिन धेरैभन्दा धेरै धान्यादि अन्न भित्र्याइएका उपलक्षमा यज्ञयागादि गरेर होम होमादि गरी देवताको आराधना गरेर धान्याचल पूजा गरी आफूलाई आवश्यक भन्दा बढी हुने धान्यादिवस्तु ब्राहृमणलाई, दिनदुःखीलाई, दरिद्रलाइर इष्टमित्रादिमा समेत दान गर्नुपर्दछ । दानगर्दा द्रव्यको शुद्धि हुन्छ । त्यसकारण धान्यपूर्णिमा धान्यादि अन्नको दान गरेर अन्नशुद्धि गरी जीवनलाई सफल बनाउने प्रमुख पर्व हो ।
यस मंसिर शुक्लपूर्णिमाका दिन धान, चामल आदि अन्न राखिएका भकारी, ढिकुटी आदिमा चामलका पीठाद्वारा कुबेर, लक्ष्मी गणेश आदि देवताका आकृति बनाएर राखी पूजा गरेर चारदिनसम्म पूजागरी रोटी आदि नैवेद्य चढाएर ब्राहृमणभोजन गराई ब्राहृमण, दीन, (दुःखी, दरिद्री र इष्टमित्रहरूमा दानप्रदानगरी सपरिवार आफूले पनि भोजन गर्नाले वर्ष दिनसम्म धनधान्य सम्पत्ति स्थिर हुने र अन्नादिको अभाव नहुने कुरा पौराणिक साहित्यमा उल्लेख गरिएको पाइन्छ । त्यसकारण हामी पनि यथाशक्ति देवताको पूजा आराधना गरी ब्राहृमण भोजन गराएर धान्यादि दान गरी जीवनलाई सार्थक पारौं ।
अर्को कुरा मार्ग शुक्लपूर्णिमाको दिनलाई किरात समुदायले उँधौली पर्वका रूपमा मानेर अति मनोहर धान नाच गरी उत्सव मनाउने परम्परा पनि छ । किरात इतर समुदायका मानिसहरूले पनि यस पर्वलाई उत्साहसाथ अवलोकन गरी मनोरञ्जन गर्नेगरेका छन् । अर्को कुरा मार्गशुक्ल पूर्णिमाकोदिन दत्तात्रेय जयन्तीको दिन पनि हो । अत्रि ऋषिका तपस्याबाट सन्तुष्ट भएर ब्रहृमा विष्णु र शंगर तीन देवताले अत्रिऋषिलाई दर्शन दिएर आ-आफ्ना अंशबाट तीन पुत्र हुने वरदान दिएर जानुभयो । पछि अत्रिकी पत्नी अनसूयाका गर्भबाट ब्रहृमाजीका अंशद्वारा सोमको अर्थात् चन्द्रमाको उत्तति भयो ।
शंकरका अंशबाट दुर्वासाऋषिको उत्पत्ति भयो भने भगवन् नारायणका अंशबाट यसै मार्ग शुक्लपूर्णिमाका दिन दत्तात्रेयको उत्पत्ति भएको थियो । दत्तात्रेयले पृथिवी, वायु, आकाश, जल तथा अग्नि अर्थात् तैजसतत्व आदि विभन्न २४ गुरुबाट विभिन्न ज्ञान लिएको हुँदा २४ गरू मानेको र अझ २५औं गुरुका रूपमा आफ्नै देहलाई समेत गरू मानेको प्रसंग श्रीमद्भागवत आदि पुराणशास्त्रमा वर्णन गरिएको छ । श्रीमद्भागवतमा भगवान् नारायणका बाईस अवतारमध्ये छैटौं अवतारका रूमा दत्तात्रेयलाई स्वीकार गरेको छ ।
षष्ठे अत्रेरपत्यत्वं वृतः प्राप्तोक्नसूयया । आन्वीक्षिकीमलर्काय प्रहृयादादिभ्य ऊचिवान् ।। (प्रहृलादादिभ्यः दत्तात्रेयको अवतार लिएर अलर्कलाई तथा प्रहृलाद आदिलाई मोक्षविद्याको उपदेश गरेका प्रसंग पनि पौराणिक शास्त्रमा पाइन्छन् । दत्तात्रेय जयन्तीका अवसरमा भगवान् दत्तात्रेयप्रति पनि सभक्ति अभिवादन गर्दछु ।
ॐ हरये नमः।।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच