खोटाङ । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी खोटाङको आठौँ जिल्ला अधिवेशन सुरु भएको छ ।
अधिवेशनको बुधबार दिक्तेलबजारस्थित बहुउेद्दश्य कभर्डहल माटिकोरेमा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवम् बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको छ ।
अधिवेशनमा नेकपा एमाले कोशी प्रदेश सह–इन्चार्ज एवम् कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, झापा इन्चार्ज एवम् नेकपा एमाले पोलिटव्युरो सदस्य विशाल भट्टराई, संघीय खानेपानी मन्त्री राजेन्द्र कुमार राई, केन्द्रीय सदस्य रमेश पौडेल, उषाकला राई लगायतको उपस्थिति थियो ।
भोलिसम्म चल्ने अधिवेशनमा जिल्लाको ७९ वडाबाट छनौट भएका ५७९ जना प्रतिनिधि सहभागी भएका छन् । यी प्रतिनिधिहरुले नेकपा एमाले खोटाङको आगामी तीनवर्षे कार्यकाल हाँक्ने नेतृत्व चयन गर्नेछन् ।
उद्घाटन सत्र समापनपछि आजलाई अधिवेशनको सम्पूर्ण कार्यक्रम स्थगित हुने एमाले खोटाङका सचिव कुमार आचार्यले जानकारी दिनुभयो ।
दंगाल र राई प्रतिस्पर्धी
नेकपा एमाले खोटाङको आगामी तीनवर्षे कार्यकाल हाँक्नलाई वर्तमान अध्यक्ष राम प्रसाद दंगाल र उपाध्यक्ष देव विक्रम राई प्रतिस्पर्धी हुनुहुन्छ । दंगाल कार्यकाल दो¥याउने मुडमा हुँदा राई क्लास नदो¥याउने बताउनु हुन्छ ।
दंगाललाई केन्दीय सदस्य रमेश पौडेल, उषाकला राई, खगेन्द्र राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले सघाउने देखिन्छ भने राईलाई पोलिटव्युरो सदस्य विशाल भट्टराई र केही प्रदेश सदस्यहरुले सघाउने श्रोत बताउँछ । श्रोतका अनुसार पूर्व पार्टी प्रमुखहरु कर्ण घले, हरि पोखरेल र पूर्वमन्त्री एवंम् कोशी प्रदेश सदस्य पिके राई हाललाई साझा देखिए पनि दंगाललाई सघाउने श्रोत बताउँछ ।
दंगाल कार्यकाल दो-याउने र राई क्लास नदो¥याउने अडानले गर्दा अधिवेशन अन्ततः चुनावमा जाने करीव करीव पक्का देखिन्छ । दंगाल र राईलाई सहमति गराउन पटक–पटक प्रयास गर्दा असफल भएको एमाले नेताहरुले बताएका छन् । 'दुवैजना पछि हट्ने देखिन्न' ती नेताले भने, 'यसको एउटै विकल्प चुनावमा जाने हो ।'
श्रोतका अनुसार उपाध्यक्षमा सचिवालय सदस्य उपिन कुमार राई र वर्तमान सचिव कुमार आचार्यको प्रतिस्पर्धा हुने देखिएको छ। आचार्यलाई विशाल भट्टराईले सघाउँदा राईलाई रमेश पौडेल, उषाकला राई, खगेन्द्र राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले सघाउँने देखिएको छ ।
सचिवमा वर्तमान उपसचिव सुरेन्द्र कुमार राई मात्रै आकाँक्षी हुनुहुन्छ । यद्यपी राई साझा उम्मेदवार जस्तै देखिएको छ । उहाँ यताउता खुल्नु भएको छैन ।
पुरुष उपसचिवमा ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष एवंम् सचिवालय सदस्य गीरेन्द्र बहादुर राई, दिक्तेल नगरपालिका नगर इन्चार्ज एवंम् सचिवालय सदस्य कमल ढकाल, खोटेहाङ इन्चार्ज एवम् सचिवालय सदस्य राजन बन्जारा, गोपी खड्का, दिलचक्र राई आकाँक्षी देखिनु भएको छ । गीरेन्द्रलाई रमेश पौडेल, उषाकला राई, खगेन्द्र राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले सघाउने देखिन्छ। अन्य आकाँक्षी नखुलेको श्रोत बताउँछ ।
महिला उपसचिवमा हालसम्म कविता राई र जिल्ला सदस्य पुर्णकला तामाङ आकाँक्षी देखिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच