काठमाडौं । एसियन मिडिया कल्चरल एसोसिएसन (एएमसिए) को टोली नेपाल भ्रमणमा छ । भ्रमणका क्रममा टोलीले अन्तरदेशीय पत्रकारिताका अभ्यास, सम्बन्ध र अनुभव साटिरहेको छ । बिहीबार एमएमसिएको टोलीले मिडिया अध्ययन गराउँदै आएको काठमाडौंस्थित सेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीका विद्यार्थी तथा फ्याकल्टीसँग अन्तरक्रिया गरेको छ ।
श्रीलंका र भारतका अनुभवी पत्रकार सम्मिलित उक्त टोलीले भ्रमणको उद्देश्य नेपाल तथा भारत र श्रीलंकामा भएका पत्रकारिताका अभ्यासबारेमा छलफल भएको कलेजकी प्रिन्सिपल कविता शर्माले जानकारी दिनुभयो । कार्यक्रममा पत्रकारिता अध्ययनरत विद्यार्थीले भारत र श्रीलंकाका पत्रकारले भोग्दै आएका समस्यालगायतका विषयवस्तुमा जिज्ञासा राखेका थिए । टोलीका सदस्यले नेपालको पत्रकारितासँग भारत र श्रीलंकाको पत्रकारितामा केही समानता र फरक रहेको बताएका थिए ।
एएमसिए नेपाल च्याप्टरकी को-अर्डिनेटर सम्झना पौडेलले हरेक वर्ष आफ्नो देशमा ‘मिडिया फेमिलिराइजेसन, कल्चरल एण्ड टुरिजम मिडिया’ कार्यक्रम आयोजना गर्ने योजनाको निरन्तरतास्वरूप नेपालले कार्यक्रमको आयोजना गरेको बताउनुभयो । नेपालका समेत पत्रकारहरू सहभागी टोलीले बुद्ध जन्मस्थल लुम्बिनी, बागमती प्रदेशको राजधानी हेटौंडा, जनकपुरको जानकी मन्दिर तथा काठमाडौं उपत्यकाका विभिन्न स्थानको भ्रमण गरेको थियो । टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत भेटघाट गर्ने बताइएको छ । भ्रमण टोलीमा ११ जना सहभागी छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच