काठमाडौं । सरकारले ५ जना सचिवहरुको सरुवा गरेको छ ।
सूचना तथा संचार मन्त्री रेखा शर्माका अनुसार चैत ३० गते शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले ५ जना सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिव दिनेश भट्टराईको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ ।
महिला बालबलिका मन्त्रालयका सचिव सुमनराज अर्यालको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ ।
यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलको राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा भएको छ ।
उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्द निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।
संघीय मामिलाका विनोद प्रकाश सिंहलाई राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ ।
फागुन २१ गते सत्ता समीकरण फेरिएपछि सचिव सरुवा भएको यो तेस्रो पटक हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच