इमरान पक्राउ पछि पाकिस्तानमा भडकियो हिंसा, पेशावरमा चार जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

इस्लामबाद । पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि अराजकता मच्चिएको छ ।

उनको पक्राउ पछि भएको हिंसामा परी पेशावरमा चार जनाको मृत्यु भएको छ भने ९१ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।

मंगलबार पक्राउ परेका पूर्व प्रधानमन्त्री इमरानलाई आठ दिनको लागि एनएबी हिरासतमा पठाइएको छ ।

यसैगरी, इमरानको गिरफ्तारीपछि शान्ति सुरक्षा कायम गर्ने भन्दै इस्लामाबाद, पञ्जाब र केपीमा सेना परिचालन गरिएको छ भने पीटीआईको विरोधपछि पञ्जाबमा मात्रै झण्डै एक हजार पक्राउ गरिएको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ ।

पीटीआईका नेताहरु असद उमरलाई आईएचसीबाट र फवाद चौधरीलाई एससीबाट गिरफ्तार गरिएको छ भने इमरानको गिरफ्तारीमा आईएचसीको फैसलाविरुद्ध पीटीआईले सर्वोच्च अदालत पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?