सिटीका स्ट्रलिङ चेल्सीमा जाने

Read Time = 2 mins

लन्डन । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका विंगर रहिम स्ट्रलिङ चेल्सीमा अनुबन्ध हुनुभएको छ । चेल्सीले म्यान्चेस्टर सिटीबाट विंगर स्ट्रलिङलाई अनुबन्ध गर्ने भएको हो । चेल्सी र स्ट्रलिङबीच अनुबन्धका लागि सहमति भएको बिबिसीले जनाएको छ ।

२७ वर्षीय फरवार्डले सम्झौता एक वर्ष बाँकी रहँदै सिटी छाड्ने हुनुभएको हो । स्ट्रलिङ २०१५ मा लिभरपुलबाट सिटी आउनुभयो । स्ट्रलिङले सिटीका लागि ३३९ खेलमा १३१ गोल गर्नुभयो । गत सिजन उहाँले ३० प्रिमियर लिग खेलमा १३ गोल गर्नुभएको छ ।

यस्तै जर्मन क्लब बोरुसिया डर्टमुन्डले आइभोरी कोस्टका फरवार्ड सेवास्टिन हालेरलाई क्लबमा अनुबन्ध गरेको छ । डर्टमुन्डले हालेरलाई डच क्लब आयाक्सबाट २९ मिलियन पाउन्डमा चार वर्षका लागि अनुबन्ध गरेको हो । उहाँ २०२६ सम्म सिग्नल इडुना पार्कमा रहनुहुनेछ । २८ वर्षीय हालेरले १८ महिनामै आयाक्स छाड्ने निर्णय गर्नुभएको हो ।

नयाँ सिजनका लागि डर्टमुन्डको यो चौथो अनुबन्ध हो । यसअघि डर्टमुन्डले रेडबुल साल्जवर्गबाट करिम एडिएमीलाई ३२ मिलियन पाउन्डमा अनुबन्ध गरिसकेको छ । यस्तै निको स्लोटरबेक र निकलस सुल पनि डर्टमुन्ड आउनुभएको छ ।

इंग्लिस प्रिमियर लिग क्लब लिड्स युनाइटेडले पनि मिडफिल्डर टेलर एडम्सलाई अनुबन्ध गरेको छ । लिड्सले जर्मन क्लब आरबी लाइपजिगबाट एडम्सलाई अनुबन्ध गरेको हो । लिड्सले उहाँलाई २० मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । २३ वर्षीय मिडफिल्डरले लिड्ससँग पाँच वर्षको सम्झौता गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?