म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरको भिरमुनी सामुदायिक वनमा आगो (डढेलो) लगाउने एक व्यक्तिलाई प्रहरीले आइतवार (आज) पक्राउ गरेको छ ।
पुलाचौरको भिरमुनी बस्ने ५२ वर्षिय दीपक बानियाँ भनिने दिलबहादुर बानियाँलाई वनमा आगो लगाउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
बानियाँले लगाएको आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए । पक्राउ परेका बानियाँलाई आवश्यक कानूनी कारबाहीका लागि डिभिन वन कार्यालयमा म्याग्दीमा पठाइएको प्रहरीले जनाएको छ ।
साथै प्रहरीले कसैले वन जंगलमा आगोलागी गराएको थाहा पाएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा वा १०० मा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।
यस अघि बेनी नगरपालिका वडा नं ६ को खैरेनी सामुदायिक वनमा आगो लगाउने सोही वडाका एक जना युवालाई पनि प्रहरीले पक्राउ गरेको थियो । म्याग्दीमा तीन सय ११ सामुदायिक वनमध्ये एक सय १७ ओटा सामुदायिक वनमा आगोलागी हुँदो एकहजार दुई सय हेक्टर वन क्षेत्र जलेर नष्ट भएको छ ।
गण्डकी प्रदेश वन निर्देशनालयले प्रदेशका ११ जिल्ला मध्ये सबैभन्दा बढी म्याग्दीको वनमा क्षति पुगेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच