झापा । घरधनी नभएको घर भाडा लिएर अवैध अनलाइन धन्दा चलाउने भारतीय मुलका १० जना व्यक्ति झापाको धुलाबारीबाट पक्राउ परेका छन् ।
उनीहरूलाई आइतबार बिहान पक्राउ गरिएको शसस्त्र प्रहरी स्रोतले जनाएको छ।मेचीनगर नगरपालिका ९ आदर्शटोलका शैलेन्द्र पोद्दारको घरमा छापा मारेर उनीहरू पक्राउ गरिएको स्रोतले जनाएको छ। घरधनी पोद्दार भने अन्यत्र बस्दै आएका थिए ।
धुलाबारी बजार सिरानको सातपाखे भनिने सो ठाउँमा उक्त समूह केही समय अघिदेखि बस्दै आएको थियो। सो समूह अनलाइन ठगीमा संलग्न रहेको सूचनाको आधारमा शसस्त्र प्रहरीको केन्द्रीय राजस्व अनुसन्धान ब्युरो, केन्द्रीय राजश्व बिभागले छापा मारेर उनीहरूलाई पक्राउ गरेको जनाइएको छ । तर, उनीहरूको नाम र ठेगाना प्रहरीले खुलाएको छैन।
प्रहरीले केही दिनदेखि निगरानी गर्दै आएको र आज छापा मारेको हो । सो समूहका नाइकेसहित केही व्यक्ति फरार रहेकाले खोजी कार्य तीव पारेएको स्रोतले दाबी गरेको छ ।
प्रहरीले सो घरबाट ४० वटा मोबाइल , १ थान प्रिन्टर, १ थान ल्यापटप १ थान सीसी क्यामेरा बरामद गरेको छ । पक्राउ परेकालाई थप अनुसन्धानका लागि काठमाडौँ लगिएको स्रोतले बतायो ।
सो समूह मेचीनगर ८ मा रहेको मेची क्राउन होटलमा कार्यरत कर्मचारी हौ भन्दै भाडामा बस्दै आएको एक स्थानीयले बताए । होटलका कर्मचारी हौ भन्दै सो समूहले मेचीनगरका धेरै युवालाई ठगी गरेको स्थानीय बताउँछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच