काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सार्वजनिक सेवा प्रशारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फेरि मन्त्रालयको हालीमुहाली हुने तरिकाले अगाडि बढेको भन्दै आपत्ति जनाउनुभएको छ ।
शुक्रवार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सार्वजनिक सेवा प्रसारणको काममा फेरि मन्त्रालयको हालीमुहाली हुने तरिकाले विधेयक गएको भन्दै त्यसो नगर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले आज सत्तामा छु भनेर सधैँ सत्तामा रही नरहने भन्दै सत्ता बाहिर हुँदा पनि र सत्तामा रहँदा पनि बराबर हुने गरी विधेयक बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले जहाँ पनि हुनसक्छाैँ भन्ने मान्यताबाट सार्वजिनक सेवा प्रसारण विधेयक बन्नुपर्ने बताउनु भयो । उहाँले सार्वजनिक सेवा प्रसारणलाई सरकारी सेवा प्रशारण हुन नदिन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सार्वजनिक सेवा प्रशारणको काममा फेरि मन्त्रालयको हालीमुहाली हुने तरिकाले विधेयक गएको छ, त्यसो नगरिदिनुस् । आज पो तपाईं सत्तामा हुनुहुन्छ, भोलि म त्यहाँ जाउँला । तपाईं अर्कोतिर पर्नुहोला । त्यसैले हामी जहाँ पनि हुनसक्छाैँ भन्ने मान्यताबाट सार्वजनिक सेवा प्रसारणबाट नै सार्वजनिक सेवा प्रसारण होस्, सरकारी सेवा प्रसारणनहोस् ।’
नेता रिजालले निर्वाचन जित्ने र हार्ने मात्रै प्रजातन्त्र हुननसक्ने बताउनु भयो । उहाँले सत्तामात्रै अन्तिम सत्य हो भन्ने बाटोबाट हिँड्न नहुने पनि बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच