सुर्खेत । कर्णाली हाफ म्याराथन प्रतियोगितामा पुरुषतर्फ नरेन्द्र रावल र महिलातर्फ पुष्पा भण्डारीले उपाधि हात पारेका छन् । रावल नेपाली सेनामा र भण्डारी विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) मा कार्यरत हुनुहुन्छ ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार भएको प्रतियोगितामा हजारौं खेलाडीलाई पछि पार्दै रावत र भण्डारी प्रथम भएका हुन् । भण्डारी एपीएफबाट अन्तर्राष्ट्रियस्तरका दौड प्रतियोगितामा पनि सहभागी हुँदै आउनुएको छ ।
प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाकै रामजी बस्नेत दोस्रो र श्रीकश राई तेस्रो हुनुभएको छ । सशस्त्र प्रहरी बल एपीएफका राजन चौधरी चौथो हनुभयो । भने महिलातर्फ नेपाली सेनाकी सिर्जना पाण्डे दोस्रो र जुम्लाकी राज्यलक्ष्मी रावत तेस्रो हुनुभएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई समान ५५ हजार, दोस्रो हुँनेलाई ३० र तेस्रोलाई २० हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको आयोजक संस्था रेस नेपालले जनाएको छ । प्रतियोगिता संयोजक तथा वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान मेयर देवकुमार सुवेदीका अनुसार प्रतियोगितामा एक हजार बढीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा विजयी हुनेहरूलाई पुरस्कार वितरण गर्दै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको क्षमता र आवश्यकता अनुसार खेल क्षेत्रको योजना बनाउने बताउनुभयो ।
‘प्रदेशको विकासका लागि खेल क्षेत्र जस्तै सबै क्षेत्र डौडिनु आवश्यक छ’ उहाँले भन्नुयभयो, ‘समयलाई ख्याल गरेर डौडिदाँ लक्ष्य अवश्य पुगिन्छ, त्यसैले सबै विकास साझेदार संघ संस्थाले आवश्यक कार्ययोजना बनाएर कार्यान्वयन तहमा जानु जरुरी छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच