![यस्ता छन् राति सर्वाङ्ग नग्न सुत्नुको फाइदा](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/sleeping-naked-at-night_jibansaili.jpg)
काठमाडौं । फेसियल हाउसकी प्रबन्ध निर्देशक र काठमाडौं उद्योग वाणिज्य संघकी सचिव एवं उद्यमी व्यवसायी वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा वर्षकै उत्कृष्ट महिला उद्यमी सम्मान २०८१ बाट सम्मानित हुनुभएको छ ।
शनिबार फोकस नेपालले आयोजना गरेको समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरूको भूमिका विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सौन्दर्यविद् महरालाई सम्मान प्रदान गर्नुभएको थियो ।
महराले व्यावसायिकरूपमा हुँदा खानेदेखि हुनेखानेसम्म र शुभकार्य, सौन्दर्य प्रतियोगिता, गीत संगीतदेखि चलचित्र क्षेत्रसम्मलाई सेवा प्रवाह गर्दै आउनुभएको छ । काठमाडौं उद्योग वाणिज्य संघ महिला एवं उद्यमीका व्यक्तिगत समस्या उजागर गर्ने सवालमा पेशागत, क्षेत्रगत र व्यक्तिगत दबिएका आवाज बुलन्द पार्ने कार्यमा उहाँले सक्रिय भूमिका खेल्दै आएको छ । कार्यक्रम फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच