इलामका हिमाली बस्तीमा विद्युत् अनियमिताले स्थानीयलाई सास्ती

Read Time = 3 mins

-प्रकाश नेपाल
इलाम । इलामका हिमाली बस्तिमा विद्युत विस्तारको काम नेपाल विद्युत प्राधिकरणले गरेपनि छिनछिनमा बद्लिने मौसमले गर्दा उपभोक्ताले नियमिति विद्युत उपभोग गर्न पाएका छैनन् ।

करोडौँ खर्च गरेर विद्युत विस्तार भएपनि वर्षातमा हावाहुण्डरीले विद्युतिय पोल तथा तारमा गर्ने क्षति र हिउँदमा बाक्लो हिउँ जम्ने भएपछि उपभोक्ताले नियमिति विद्युत उपभोग गर्न नपाएका हुन् । इलामका हिमाली बस्तिमा केन्द्रिय विद्युत प्रशारण लाइन पुगेको छ ।

राज्यको करोडौँ रकम खर्चेर पुगेको विद्युत नियमित रुपमा नियमित उपभोग गर्न हिमालीबासीले पाएका छैनन् । हिमाली क्षेत्रको हावापानीका कारण उपभोक्ताले नियमित रुपमा विद्युत उपभोग गर्न नपाएका हुन् । हिमाली क्षेत्रका गाउँबपस्तिमा विद्युत पु¥याउन लामो विद्युत प्रशारण लाइन निर्माण गरिएको छ । विस्तार भएको विद्युतको प्रशारण लाइनमा वर्षातको झरि, हावाहुण्डरी र हिउँमा पर्ने हिउँ नियमित विद्युत उपभोगका लागि बाधक बनेको हो ।

भौगोलिक अवस्थाका कारण प्राधिकरणले स्थानीय क्षेत्रमा विद्युतको मर्मत गर्ने दक्ष जनशक्तिको व्यवस्थापन गर्न नसक्दा मर्मतमा पनि ढिलाई हुने गरेको छ । यसलाई समाधान गर्न गाँउपालिकाले पहल गर्ने सन्दकपूर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताउनुभयो ।

इलामको सूर्योदय नगरपालिका, माईजोगमाई र सन्दकपूर गाउँपालिकाभित्र हिमाली क्षेत्रमा बस्ति छन् । नेपाल भारत सीमा क्षेत्रमा पर्ने हिमाली बस्तिमा विद्युत प्राधिकारणले २०५७ सालबाटै विद्युत विस्तारको काम शुरु गरेको थियो । लामो विद्युत प्रशारण लाइन र मौसमको प्रतिकुलताले गर्दा विद्युत नियमित नभएकाले प्राधिकरण छुट्टै फिडर बनाउने योजनामा छ । फिडर छुट्टै बनाउने योजनाको काम समेत अगाडी बढेको विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख डेगराज पौडेलले बताउनुभयो ।

चालु आर्थिक वर्षमा हिमाली क्षेत्रमा विद्युत प्रशारण गर्ने ६ किलोमिटर तार परिवर्तन हुनेछ । यो वर्ष इलामको सबैभन्दा उचाईको पर्यटकीय क्षेत्र सन्दकपूर जोड्ने प्रशारण लाइनको तार परिवर्तन गर्नका लागि माग हुँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?