स्वदेश फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नाबालिका बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय किक्रेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कतार एअरवेजको जहाजमार्फत साढे १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका लामिछानेले प्रहरी सामु आत्मसमर्पण गरेका हुन् ।

सन्दीपलाई सिधै गौशाला प्रहरी वृतमा लगिएको छ । लामिछानेलाई पक्राउ गर्न प्रहरीले बिहानैदेखि विमानस्लथको ट्रमिनलमा ठूलो संख्यामा प्रहरी र गाडी तैनाथ अवस्थामा राखेको थियो ।

आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो । दोहाबाट काठमाडौं आएको उनी सवार कतार एयरवेजको जहाजले केहीबेर आकाशमा फन्को मारेको थियो ।

नेपाली क्रिकेटका कप्तान रहेका उनलाई उक्त घटनापछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई निलम्बन गरेको थियो।

भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ। प्रहरीमा परेको उजुरी अनुसार साँझ लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए।

त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। नगरकोटमा किशोरीले बस्न नमानेपछि उनीहरू फर्किएर गौशालाको एक होटेलमा पुगेका थिए। रातिको ११ बजेर ५५ मिनेटमा होटलमा लगेर लामिछानेले किशोरीलाई पटकपटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ।

प्रहरीले होटलमा गएर पनि लामिछानेको उपस्थितको बारेमा प्रमाण सङ्कलन गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?