काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिले लिएको लचिलो कार्यदिशालाई तेस्रो त्रैमासिक समीक्षामा पनि निरन्तरता दिएको छ । पछिल्लो आन्तरिक एवं बाहृय आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक नीतिमा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई निरन्तरता दिइएको र आन्तरिक आर्थिक गतिविधि एवं मुद्रास्फीतिको अवस्था साथै सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट समेतलाई दृष्टिगत गरी आगामी मौद्रिक नीति तर्जुमा गर्दा यथोचित व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ । तथापि केन्द्रीय बैंकले तेस्रो समीक्षमार्फत रियल स्टेट र अटोमोवाइलले क्षेत्रका लागि लचिलो नीति अख्तियार गरेको छ ।
केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गर्दै घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट ७० प्रतिशत बनाएको हो । तर, बैंकहरूले निश्चित अवधि राखेर ऋणीलाई कर्जा प्रवाह गर्ने भएको सो अवधिमा ऋणीले मासिक रूपमा किस्ता तिर्नुपर्ने छ । मासिक रूपमा तिरिने किस्ता निर्धारण गर्न ऋणीको मासिक आम्दानीलाई मुख्य आधार बनाइन्छ । हाल ऋणीले मासिक आम्दानीको ५० प्रतिशत अनुपात बराबरको मासिक किस्ता तिर्नेगरी यस्तो कर्जा गरिँदै आएकोमा अब भने ऋणीको मासिक आम्दानीको ७० प्रतिशत अनुपातसम्ममा मासिक किस्ता निर्धारण गरेर कर्जा प्रवाह गर्न पाइनेछ ।
त्यस्तै, हायर पर्चेज प्रकृतिका कर्जामा रहेको जोखिम भार १२५ प्रतिशतबाट घटाएर शतप्रतिशत बनाएको छ । त्यसैगरी, ब्याजदर करिडोर प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने पनि बताइएको छ ।
केन्द्रीय बैंकले आन्तरिक तथा बाहृय आर्थिक स्थिति र परिदृश्य समेतका आधारमा विद्यमान ५.५ प्रतिशतको नीतिगत दर, ब्याजदर करिडोरअन्तर्गतको ३.० प्रतिशतको निक्षेप संकलनदर र ७.० प्रतिशतको बैंकदरलाई यथावत राखिएको जनाएको छ । विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्था पनि यथावत राखिएको छ । बैंक तथा वित्तीय संस्थाको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरण प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिने, बैंक तथा वित्तीय संस्थाको एक वर्ष अवधि व्यतित भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने, बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित असल वर्गमा वर्गीकृत कर्जाका लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिने तेस्रो मौद्रिक नीति समीक्षामा उल्लेख छ । त्यस्तै, चाँदी आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थामा पनि पुनरावलोकन गरिने बताइएको छ ।
त्यसो घरजग्गा र मोटरगाडी कर्जामा उदार देखिएको केन्द्रीय बैंकले सेयर बजारबारे भने केही उल्लेख गरेको छैन । सेयर बजारभन्दा पनि अहिलेको मौद्रिक नीतिले समग्र अर्थतन्त्रलाई गतिशिलता दिनेगरी बजारमा तरलता प्रवाहका लागि सहजीकरण गर्ने नीति लिएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार एकसय ५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको थियो । मार्जिन प्रकृतिको कर्जा सीमासमेत परिमार्जन व्यक्तिगतका लागि १५ करोड र संस्थागतका लागि २० करोड रुपैयाँसम्म कर्जा लिनसक्ने व्यवस्था गरेको हो ।
सेयर धितो कर्जाको जोखिमभार १५ र २० करोडको क्याप खारेजी र सहज कर्जा लगानीको माग आफूहरूको रहे पनि राष्ट्र बैंकले नसुनेको सेयर लगानीकर्ताको गुनासो छ । तर, जरजग्गा, बैंकर र अटोमोवाइल व्यवसायीले नयाँ व्यवस्थालाई सकारात्मक पहल भनेका छन् । बैंकरका अनुसार नयाँ व्यवस्था बैंकहरूको नाफामा सकारात्मक असर पार्नेछ ।
बैंकिङ क्षेत्रमा हाल ४७ खर्ब हाराहारीमा असल वर्गको कर्जा रहेकोले २.३ अर्बजति कर्जा नोक्सानी घट्नेछ । त्यस्तै, अटोमोवाइल व्यवसायीले अटो क्षेत्रमा केन्द्रीय लिएको नयाँ कर्जा नीतिले अटो बजार चलायमान हुने बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीले राष्ट्र बैंकको नीतिले सहज महसुस भएको प्रतिक्रिया दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच