जनकपुरधाम । नागरिकता सम्बन्धी अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जनकपुरधाम ल्याइएको छ।
उहाँलाई स्थलमार्गबाट धुलिखेल, सिन्धुली हुँदै बुधबार बिहानै जनकपुरधाम ल्याइएको हो। सिरोहिया बिहान ५ बजेर ५० मिनेटमा जिल्ला प्रहरी कार्यालय धनुषा पुगेको बताइएको छ ।
धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मंगलबार साँझ थापाथलीस्थित कान्तिपुर कार्यालयको कार्यकक्षबाट सिरोहियालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीको टोली कान्तिपुर कार्यालय पुगेको थियो ।
केही समयपछि कार्यालयकै प्रमुख एसएसपी सानुराम भट्टराई पनि कान्तिपुर पुग्नुभएको थियो । प्रहरीको टोलीले कान्तिपुर अध्यक्ष सिरोहियालाई पक्राउ गरेको हो । प्रहरीले सिरोहियालाई पक्राउ गरेपछि कान्तिपुर परिसरमा गृहमन्त्री रवि लामिछानेविरुद्ध नाराबाजी पनि भएको थियो । सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै जाहेरी परेको थियो ।
नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो । सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिनुभएको थियो । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरू प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसुरमा छानविन गर्न माग गरिएको थियो । उहाँलाई जिल्ला अदालत, धनुषामा उपस्थित गराइनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच