काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समितिका सदस्यहरूको नाम टुंगो लागेको छ ।
उक्त समितिमा कांग्रेस र एमालेबाट २/२ तथा माओवादी, रास्वपा र राप्रपाबाट १/१ सदस्य छन् ।
अहिले केहीबेरमा बस्ने संसद्को बैठकले समितिको घोषणा गर्नेछ । समितिमा रहने सदस्यहरू दलहरूले टुंगो लगाएका हुन् ।
समितिमा कांग्रेसबाट बद्री पाण्डे र ईश्वरी न्यौपाने, एमालेबाट सूर्य थापा र सरिता भुसाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहनुुहुनेछ ।
छानबिन समितिको कार्यादेश आजै बसेको कार्यदलको बैठकले टुंग्याएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच