म्याग्दी । एक दशक अघिसम्म ‘लाहुरेहरुको जिल्ला’ भनेर चिनिने म्याग्दीको ग्रामीण अर्थतन्त्र विदेशमा दुःख गरी कमाएर पठाएको विप्रेषणको बलमा धानिएकोमा पछिल्ला केही वर्षयता व्यवसायमा आधारित हुन थालेको छ ।
जिल्लामा व्यावसायिक तरकारीखेती, पशुपालन, दुग्ध व्यवसाय, शीपमूलक तालीम, साना तथा कुटिर घरेलु उद्योग, पर्यटक लक्षित घरवास सेवा (होम स्टे) ग्रामीण सडकको पहुँच, जडीबुटी तथा वनपैदावारले ग्रामीण अर्थतन्त्र बलियो बन्दै गएको हो ।
त्यस्तै, सहकारी संस्था, बैङ्क तथा वित्तीय संस्थाहरू, लघुऊर्जा, पर्यटन र व्यापार व्यवसायको जगमा म्याग्दीको ग्रामीण जीवनस्तर सकारात्मक दिशातिर अग्रसर हुँदै गएको स्थानीय तहका जनप्रतिनिधिहरुको भनाइरहेको छ ।
मालिका गाउँपालिका ४ का तिलबहादुर विक १२ वर्षसम्म वैदेशिक रोजगारीमा बिताएर गाउँमा फर्कनुभयो । गाउँमा फर्केपछि दरबाङ बजारमा फर्निचर उद्योग संचालन गर्नुभएका उहाँले अहिले सम्पूर्ण खर्च कटाएर मासिक रु एकलाख ५० हजार भन्दा बढी वचत गर्दै आउनुभएको छ ।
त्यसैगरी बेनी नगरपालिका ४ वास्कुनाका तिलक गुरुङ ११ वर्षे विदेश वसाइँलाई विट मारेर गाउँ फर्केपछि व्यावसायिक पशुपालन तथा तरकारीखेतीमा लागेर अहिले राष्ट्रिय कृषि पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
विगत २३ वर्षदेखि अनवरतरुपमा पशुपालन र फलफूल खेतीमा लाग्नु भएका गुरुङले आफ्नै गाउँमा मासिक रु तीनलाख बढी आम्दानी हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “वैदेशिक रोजगारी र विप्रेषणबाट गाउँ होइन, शहरलाई फाइदा पुग्छ,गाउँको विकासका लागि ग्रामीण परिवेशका उद्यमहरु नै उपयुक्त हुन्छन्,म्याग्दीको सन्दर्भमा पशुपालन,तरकारी र फलफूलखेती ग्रामीण समृद्धिका मुख्य आधार हुन् । उद्यमशील युवाले नै गाउँलाई समृद्ध बनाउने हो ।”
विक र गुरुङ प्रतिनिधि पात्र मात्र हुन् । जिल्लामा दुई सय भन्दा बढी युवाहरु कृषि तथा पशुपालनमा लागेका कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ । त्यसैगरी मौरिपालन,डेरी उद्योग,सिलाइकटाइ,गलैंचा उद्योग,माछा पालन, टिमुर र आलु खेती मार्फत यहाँका वासिन्दाहरु आयआर्जनसँग जोडिएका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बताउनुभयो ।
जिल्लाका पर्यटकीय गाउँ शिख, घार, दाना, भुरुङतातोपानी, घोडेपानी कृषि गाउँ बाबियाचौर, अर्मन, बरङ्जा, रत्नेचौर, ज्यामरुककोट, वनपैदावार र जडीबुटीका लागि चर्चित गाउँ गुर्जा, लुलाङ, मुदी, ताकम, घतान, पाखापानी, जलविद्युत उत्पादनमा चिनिएका नारच्याङ, पिप्ले, भगवती, दग्नामलगायत गाउँको पछिल्लो ५ वर्षमा कायापलट नै भएको उहाँको भनाइरहेको छ ।
“ग्रामीण अर्थतन्त्र भनेकै कृषि, पशुपालन र साना उद्योग हुन्,” अर्थशास्त्रका जानकार विकल शर्माले भन्नुभयो “यसकै सहारामा म्याग्दीको ग्रामीण समाजको आयआर्जन बढ्दै गएको छ ।” ग्रामीण अर्थतन्त्रका आधारहरूलाई ग्रामीण भेगका युवाले बुझ्न थाल्नु सकारात्मक कुरा भएको उहाँको भनाइ छ ।
त्यसैगरी जिल्लाका केही व्यक्तिहरू विदेश छँदा सिकेको शीपमार्फत कृषि, पशुपालन र अन्य काम गरी सफल बन्दै गएका छन् । गाउँलेहरूले विक्री गरेका वस्तुको आम्दानी बैङ्क तथा वित्तीय संस्थामा जम्मा हुन थालेको छ । यसबाट समग्रमा सबैले फाइदा लिइरहेका नेपाली कांग्रेस म्याग्दीका पूर्व सचिव क्या.मीनबहादुर कार्कीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच