![माधवकुमार नेपालको दोधारे नीति](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/madhab-kumar-Nepal-Hita-fornt-page.jpg)
दाङ । दाङमा १२ वर्ष यताकै बढी गर्मी भएको छ । जल तथा मौसम फिल्ड कार्यालय घोराहीका अनुसार आजको अधिकतम तापक्रम ४० डिग्री सेल्सीयसभन्दा माथि पुगेको छ ।
आजको अधिकतम तापक्रम ४० दशमलव २ डिग्री सेल्सीयस मापन गरिएको श्रीया रिजालले बताउनुभयो । उहाँका अनुसार भोलि पनि गर्मी बढ्ने अनुमान गरिएको छ । दाङमा १२ वर्षअघि २०६९ जेठ ३२ अधिकतम ४१ डिग्री सेल्सीयस मापन गरिएको थियो ।
यस्तै न्युनतम तापक्रम २७ डिग्री सेल्सीयस मापन गरिएको छ । जुन न्यूनतम तापक्रम यो वर्षकै उच्च हो । गर्मी बढेपछि जनजीवन प्रभावित भएको छ । पछिल्लो साता अधिकतम तापक्रम निरन्तर उकालो लागेपछि गर्मी अत्याधिक भएको हो ।
गर्मीका कारण दाङको घोराही, तुलसीपुर, लमही, गढवा लगायतका पालिकामा भोलिदेखि विद्यालय बन्द समेत गरिएको छ । बालबालिकालाई अत्याधिक गर्मीको असर देखिन थालेपछि केहि समयका लागि विद्यालय बन्द गरिएको पालिकाले जनाएका छन् ।
![संवैधानिक परिषद्को निर्णयमा प्रधानमन्त्रीको सहमति अनिवार्य](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Consent-of-the-Prime-Minister-is-mandatory-for-the-decision-of-the-Constitutional-Council-hita-fornt-page.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच