काठमाडौं । जन्मभूमि नेपाल साहित्य समाजद्वारा आयोजना गरिएको एक कार्यक्रममा आइतबार युगकवि सिद्धिचरण श्रेष्ठको सम्झना गरियो । जेठ महिनामा जन्मिएर जेठ महिनामै दिवंगत हुनुभएका श्रेष्ठ ओखलढुंगामा जन्मिनुभएको थियो । उहाँको ‘मेरो प्यारो ओखलढुंगा’ कालजयी कविता मानिन्छ ।
जन्मभूमि नेपाल साहित्य समाज पनि विशेषगरी ओखलढुंगाका स्रष्टाहरूको नेतृत्वमा स्थापित संस्था हो र वर्षैपिच्छे उहाँको सम्झाना गर्ने गर्दछ । कपन, फैकास्थित साहित्यकार प्रयागराज भट्टराईको निवासमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि सिद्धिचरणका छोरा रविचरण श्रेष्ठ रहनुभएको थियो ।
जन्मभूमि साहित्य समाजका अध्यक्ष डिल्लीप्रसाद मूलतिहुनको सभापतित्वमा आयोजना भएको कार्यक्रममा प्रा.डा.गोपालप्रसाद भण्डारी विशिष्ठ अतिथि रहनुभएको थियो भने अतिथिहरूमा प्रा.प्रयागराज वाशिष्ठ, डा.फणीन्द्रराज निरौला, डा.कृष्णप्रसाद भट्टराई, प्रा.मुकुन्दराज दाहाल, विनोद दाहाल वत्स, बालकृष्ण दाहाललगायतका साहित्यकारहरू रहनुभएको थियो । इन्दु अंशुले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा साहित्यकारहरू मुकुन्दराज दाहाल, विनोद दाहल वत्स, सुशीला शर्मा धमला, गणेश मिश्र, चन्द्र न्यौपाने, खडानन्द लुइँटेल ओमप्रसाद कोइराला, विमला कोइराला चालिसे, सावित्री अधिकारी, गिरिराज सुवेदी, ओमनरहरि श्रेष्ठ, दुर्गा अधिकारी भमरकोटे, रामशरण न्यौपाने द्वारिका कुइँकेललगायत स्रष्टाहरूले रचना वाचन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा त्रिज्योति स्कुलका छात्राहरू अध्येता चालिसे, राधा पोखरेल, अग्रता नेपाल, कृष्णा बखरेल, श्रेया पोखरेल र जयश्री अर्यालले पनि कविता वाचन गर्नुभएको थियो । केदार भट्टराई, निबन्ध आचार्यले, प्रा.डा.गोपाल भण्डारी, डा.फणीन्द्रराज निरौला, प्रयागराज वाशिष्ठ तथा प्रमुख अतिथि रविचरण श्रेष्ठले कवि सिद्धिचरणबारे आआफ्नो विचार व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा हास्याव्यंग्यकार सुबोध गौतमले हास्याव्यंग्यात्मक प्रस्तुति दिनुभएको थियो । कार्यक्रमको अन्त्यमा सभापति मूल तिहुनले पनि सिद्धिचरणबारे प्रकाश पार्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच