नयाँदिल्ली । भारतमा लोकसभा निर्वाचनको परिणाम जुन ४ आज (मंगलबार) मा सार्वजनिक गरिँदै छ । भारतको निर्वाचन आयोगले सोमबार एक पत्रकार सम्मेलन गरेर विभिन्न सात चरणमा सम्पन्न निर्वाचनसम्बन्धी जानकारी दिने जनाइएको छ । समाचार एजेन्सी पिटीआईका अनुसार, चुनाव सम्पन्न भएपछि आयोगले सम्भवतः पहिलोपटक यसप्रकारको पत्रकार सम्मेलन गर्न लागेको हो ।
सन् २०१९ को लोकसभा चुनावमा हरेक चरणपछि उपउच्चायुक्तले मिडिया ‘ब्रिफिङ’ गर्ने गरेका थिए । यद्यपि, पछि त्यस्तो ब्रिफिङ बन्द गरिएको थियो । अधिकांश एक्जिट पोलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गर्ने अनुमान गरेका छन् । ५४३ सिटको लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ ।
इण्डिया न्यूज-डी डाइनामिक्सले मोदी नेतृत्वको एनडिए गठबन्धनले ३७१ सिट जित्ने आकलन गरेको छ । सो एक्जिट पोलले कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनलाई १२५ सिट दिएको छ । रिपब्लिक भारत-पीमार्कले एनडिएलाई ३५९ र इण्डिया गठबन्धनलाई १५४ सिट दिएको छ । जन की बात एक्जिट पोलले एनडिएलाई ३६२-३९२ सिट दिँदा इण्डिया गठबन्धनलाई १४१-१६१ छुट्याएको छ ।
पोल अफ एक्जिट पोल्सले एनडिएले ३६५ र इण्डियाले १४२ सिट जित्ने प्रक्षेपण गरेको छ । यी दुई गठबन्धनबाहेकका अन्य दलले २० देखि ४० सिटसम्म जित्नसक्ने एक्जिट पोलहरूको अनुमान छ । एक्जिट पोल सही ठहरिए मोदी तेस्रोपटक सत्तामा फर्किनुहुनेछ ।
स्वतन्त्रतापछि १७ वर्ष शासन चलाउनुभएका जवाहरलाल नेहरूपछि कुनै पनि प्रधानमन्त्रीले तेस्रो पटक चुनाव जितेको इतिहास छैन । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच