काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४१ हजार मूल्यमा कारोबार भएकामा सोही परिमाणको सुन आज रु एक लाख ४२ हजार सात सयमा खरिद–बिक्री भएको छ ।
यसैगरी, तेजाबी सुन सोमबार प्रतितोला रु एक लाख ४० हजार तीन सयमा कारोबार भएकामा आज त्यतिनै तौलको तेजाबी सुनको मूल्य रु एक लाख ४२ हजार निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले वृद्धि भएको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ३५ मा एक तोला चाँदी बिक्री भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच